बागलुङ, ६ फागुन । गुणस्तर बढाएपछि एकीकरण हुनबाट जोगिएको वाग्लुङको एक विद्यालय शिक्षक दरबन्दी नहुँदा समस्यामा छ । गलकोट नगरपालिका–७ स्थित प्रगति आधारभूत विद्यालयमा दुई शिक्षकको मात्र दरबन्दी छ ।
दश शिक्षकले स्थानीय स्रोतबाट तलब खान्छन् । दरबन्दी अभावमा ठूलो आर्थिक भार विद्यालय र अभिभावकमाथि छ । बाल विकास केन्द्रका सहयोगीसमेत स्थानीय स्रोतबाट राखिएको छ ।
शिक्षकको तलबमा मात्र मासिक एक लाखभन्दा बढी खर्च हुन्छ । अभिभावकको सहयोग, अक्षयकोषको ब्याज र ऋणधनमा खर्च धानिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले बताए ।
विद्यालयले आर्थिक अभाव टार्न अभिभावबाट मासिक सहयोग रकम लिने गरिएको छ । ‘आर्थिक रुपमा विद्यालय समस्यामा छ’ अध्यक्ष थापाले भने ‘दरबन्दी थपिएमा हामीलाई राहत हुने थियो ।’
पटक–पटक शिक्षक माग गरिए पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको उनको गुनासो छ । नगरपालिकाले छिट्टै शिक्षक व्यवस्थापन गर्ने आश्वासन दिएको छ । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा कूल १२३ जना विद्यार्थी अध्ययनरत् छन् । जसमध्ये १९ जना बाल विकास केन्द्रमा छन् ।
सबै कक्षामा अङ्ग्रेजी माध्यमबाट पढाइ हुने गरेको प्रधानाध्यापक नगेन्द्र मल्लले बताए । ‘अभिभावककै चाहनाअनुसार अङ्ग्रेजी माध्यम शुरु गरेका हौँ’ उनले भने । ‘अहिले गुणस्तरमा सुधार आएको छ, विद्यार्थी पनि आकर्षित छन् ।’
प्रअ मल्ल र शिक्षक कृष्ण गौतम मात्र आधारभूत तहको दरबन्दीमा कार्यरत छन् । विद्यार्थी सङ्ख्या न्यून भएपछि विसं २०६८ मा उक्त विद्यालय एकीकरणको सूचीमा परेको थियो । विद्यालयको दिगो व्यवस्थापन र गुणस्तर सुधारमा गाउँले एकजुट भएर लागेपछि विद्यालय जोगिएको हो ।
विसं २०४७ मा खुलेको विद्यालयमा अभिभावक र स्थानीयवासीको चन्दाबाट २२ लाखको अक्षयकोषसमेत खडा गरिएको छ । विद्यालयको अतिरिक्त आम्दानीको स्रोत भने केही छैन । शिक्षक व्यवस्थापन, भौतिक पूर्वाधार र गुणस्तर सुधारमा राज्यले सहयोग गर्नुपर्ने विद्यालयको माग छ ।
Related News
सम्बन्धित समाचार
उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
जिल्लाकै नमूना तथा परम्परागत आश्रम बनाउन भूमिका निर्वाह गर्ने छुः पूर्व मिस नेपाल खतिवडा
गण्डकीका नगरपालिकामा सरसफाई गुरुयोजना
फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी
hero news full width
मुख्य समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
फागुन २०, २०७७पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
फागुन २०, २०७७‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
फागुन १९, २०७७‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
फागुन १९, २०७७स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
फागुन १९, २०७७