पोखरा, ४ फागुन। राइजिङ स्टार एकेडेमी बोर्डिङ स्कूल पोखरा–१३ मा बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा ९ मा अध्ययनरत विद्यार्थीले कक्षा १० अध्ययन पूरा गरी एसइई परीक्षाका लागि तयार विद्यार्थीलाई बिदाइ गरेका हुन्।
विद्यालय सञ्चालक समिति अध्यक्ष तथा विद्यालय निदेर्शक ज्ञानबहादुर कार्कीले उच्च शिक्षा अध्ययनका क्रममा विद्यार्थीले बेवास्ता गर्दा भविष्यमा असफल भइने हुँदा राम्रोसँग पढ्न आग्रह गरे।
राइजिङ स्टार एकेडेमीका प्राचार्य सञ्जय पौडेलले मेहनत गरी अध्ययन गर्ने लगनशीलता भएका विद्यार्थी इमानदार हुने बताए । अब आउने परीक्षाको तयारी राम्रो गरी परीक्षामा सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेका थिए।
विद्यालयका अत्तिरिक्त क्रियाकलाप प्रमुख खेम भट्टराईले बिदाइ भएर जाने विद्यार्थीलाई आगामी परीक्षाको सफलताको शुभकामना दिए ।
बिदाइ कार्यक्रममा कक्षा ९ का विद्यार्थीले सांगीतिक कार्यक्रम, नृत्य, गायन समेत प्रस्तुत गरेका थिए।
विद्यालयकी छात्र इसा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थी ललिता गोतामे र कृति खातीले गरेका थिए।
पोखरा १२, शीतलादेवीमा सञ्चालनमा रहेको स्कूल आउँदो शैक्षिक सत्रदेखि पोखरा–१३ लामोडहरबाट सञ्चालित हुनेछ ।
Related News
सम्बन्धित समाचार
मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ
सिद्धार्थ क्लबकाे कार्यक्रममा ९४ युनिट रगत संकलन
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
hero news full width
मुख्य समाचार
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७