पोखरा, ४ फागुन। मादी–१२, भगवतीटार पहिरेगाउँ निवासी सीमा खत्रीको उपचारको लागि बेलायत निवासी दीपक गुरुङको पहलमा संकलित ६२ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
गुरुङले काठमाडौंको कान्ति बाल हस्पिटलमै पुगेर सो रकम हस्तान्तरण गरे।
गत पुस १६ गते अचानक आगोलागीमा परी गम्भीर घाइते खत्री हाल उपचार गरिरहेकी छन्। बमबहादुर खत्री र मीनकुमारी गुरुङ खत्रीकी ९ वर्षीय छोरी सीमा खत्रीको उपचारको लागी हाल रकम अभावको समस्या रहेको छ।
खत्रीको लागि केही राहतहोस् भन्ने हेतुले थोरै मात्रामा भए पनि मलमपट्टी लगाउन सकियोस् भन्ने मनसाय लिएर यो रकम संकलन गरिएको गुरुङले बताए।
सीमा खत्रीको शरीरको करिब ४० प्रतिशत भाग आगोले पोलेर गम्भीर घाइते भएकी छन्।
खत्रीको उपचार खर्च अभाव भएकोले सामाजिक सञ्जालमार्फत सबै नेपालीसँग सहयोग अपील गरिएको छ।
Related News
सम्बन्धित समाचार
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
पाेखरा महानगरमा थपिए ६ ऐन, १७ ऐन संशोधन
hero news full width
मुख्य समाचार
टाइगर कपबाट १९ लाख बचत
म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७