लेखनाथ, २८ माघ। पोखरा–३१, पचभैयाँस्थित अमरशिद्ध नमूना माविमा होटल म्यानेज्मेन्ट र ट्राभल एण्ड टुरिजम विषयको प्राविधिक शिक्षा आवश्यकता रहेको बताइएको छ।
विद्यालयको ६४ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा बोल्ने अधिकांश वक्ताले बेगनास र रुपाताल स्वयंमा पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रको पर्यटन विकासका लागि पनि होटल म्यानेज्मेन्ट र ट्राभल एण्ड टुरिजमको पढाइ हुनु आवश्यक भएकोमा जोडग दिएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख नारायणप्रसाद सुवेदीले प्रविधिमैत्री पढाइलाई ध्यान दिँदै हिजोको शिक्षा प्रणाली आज आएर गुणस्तरीय हुन नसक्ला त्यसैले समयको माग अनुसार परिवर्तन हुन सक्नुपर्ने सुझाव राखेका थिए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दामोदरभक्त थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा भण्डारढिक स्रोतकेन्द्रका स्रोतब्यक्ति विष्णु तिवारी, वडा ३१ का वडाध्यक्ष कमलबहादुर थापा, जिल्ला समन्वय समिति उपाध्यक्ष सावित्री भण्डारी, त्रिभुवन शान्ति मावि प्रधानाध्यापक मित्रलाल सापकोटा, अभिभावक बोधराज पाण्डे, पार्टी प्रतिनिधि दीननाथ ढकाल र धु्रवनाथ अधिकारी लगायतले ब्यवहारिक र जीवनोपयोगी शिक्षा नै अहिलेको आवश्यकता भएको विचार राखेका थिए।
विद्यालय प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले विद्यालयको प्रगति विवरणसहित भावी योजनाका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा लामो समयसम्म सेवा गदै आएका शिक्षक सीता अधिकारी र असल अभिभावकमा रानी विक, बोधराज पाण्डे र मूना सुनारलाई सम्मान गरिएको थियो।
विद्यालयका शिक्षक रमेश सुवेदीले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी सुनिता गुरुङ र धन्यवाद ज्ञापन शिक्षक–अभिभावक संघका अध्यक्ष प्रकाश सापकोटाले गरेका थिए। कक्षा ११ र १२ मा व्यवस्थापन र मानविकी संकायको पढाइ हुँदै आएको उक्त विद्यालयमा हाल चार सय पाँच जना विद्यार्थी अध्यनरत छन्।
Related News
सम्बन्धित समाचार
बुढ्यौलीमा फर्कियो आँखाकाे ज्योति
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
नेपाल–भारत मैत्री संघको साधारण सभा
hero news full width
मुख्य समाचार
प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
फागुन १४, २०७७बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
फागुन १४, २०७७कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
फागुन १३, २०७७पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७