पोखरा, २७ माघ। गण्डकी प्रदेश सांसद मीना गुरुङले पोखरा बहुमुखी क्याम्पसमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् ।
वसन्तपञ्चमी एवं श्रीपञ्चमी अवसरमा आइतबार क्याम्पसको विद्यार्थी कल्याणकारी संघले आयोजना गरेको कार्यक्रममा सांसद गुरुङले सो रकम क्याम्पस प्रमुख शिशुकला पराजुलीलाई हस्तान्तरण गरिन् । अक्षयकोष रकमबाट वार्षिकरुपमा गरीब तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति प्राप्त गनेर्छन् । सोही क्याम्पसमा स्तातक अध्ययनरत् गुरुङले आफूले पढेको क्याम्पसमा सरस्वती पूजाकै दिन यसरी सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले आँखाले देखेसम्म र मस्तिष्कले काम गरेसम्म पढाइ नछाड्ने र समाजमा अरुको लागि समेत पढाइको महत्व बुझाउँदै उदाहरणीय बन्ने जनाइन् ।
हङकङ व्युटी इन्स्टिच्युट प्रालि तथा क्लारा इन्टरनेशनल स्पा एवं व्युटी कलेजकी प्रमुख कार्यकारी अधिकृत समेत रहेकी सांसद गुरुङ जिफन्ट केन्द्रीय उपाध्यक्ष समेत हुन् । उनले आफ्नो व्यवसाय संचालन गदैर्देखि हुने नाफा सामाजिक सेवामा लगाउँदै आएकोमा सांसद भत्ता एवं सुविधा सुरुवातदेखि नै नलिने घोषणा गरेकी छन् । सो भत्ता एवं सुविधा उनले गरीब तथा विद्यार्थी, वृद्धवृद्धा, अपांगता भएका व्यक्ति, असहाय महिला लगायतको सहयोगमा खर्चिदैआएको बताइन् ।
क्याम्पस प्रमुख पराजुलीले सहयोगप्रति आभार प्रकट गर्दै सांसद गुरुङको सदा सफलताको कामना गरिन् ।
क्याम्पसका प्राध्यापक पत्रकार सन्तोष पोखरेलले सांसद गुरुङको परिचय फराकिलो रहेको र कमाएको रकम सामाजिक सेवामा लगाउनु अनुकरणीय भएको बताए । सांसद गुरुङ आफ्नो पनि विद्यार्थी भएको र पढाइप्रतिको लगनशीलताप्रति खुसी व्यक्त गरे ।
विद्यार्थी कल्याणकारी संघ अध्यक्ष विजय नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघ सदस्य रोशन पौडेलले गरेका थिए ।
करिब ५ सय विद्यार्थी रहेको पोखरा बहुमुखी क्याम्पसमा हाल व्यवस्थापन र मानविकी संकायमा पढाइ हुँदैआएको पूर्व सहायक क्याम्पस प्रमुख महेन्द्र रिमालले जानकारी दिए ।
सो अवसरमा विद्यार्थीले सरस्वतीको पूजाआजा गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
एनटिभिएको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१