पोखरा, २६ माघ। पोखरा–११, फूलबारीस्थित भाष्कर मेमोरियल स्कूलले स्थापनाको २५ वर्ष पूरा गरेको उपलक्ष्यमा शनिबार रजतजयन्ती मनाएको छ।
२०५० सालमा स्थापना भएको स्कूलले २०६० सालमा पहिलो पटक विद्यार्थीलाई एसएलसी परीक्षामा पठाएको थियो। त्यसपछि ०७३ सालमा दश जोड दुईको स्वीकृति प्राप्त गरी हाल कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापनमा पढाइ हुँदैआएको छ।
रजतजयन्ती अवसरमा स्कूलले गायक अमृत गुरुङलाई सम्मान गरेको छ। गीतसंगीत माध्यमबाट शिक्षाको विकासमा उल्लेखनीय योगदान दिएकोमा गुरुङलाई सम्मान गरिएको हो। प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गायक गुरुङलाई सम्मानित गरेका हुन्।
यस्तै, स्व. पीताम्बर बास्तोला र होमकुमारी बास्तोलाको नाउँमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। सो कोषको ब्याजबाट दुर्गम क्षेत्रमा रहेका बालबालिकाको शिक्षामा खर्च गर्ने योजना रहेको प्रिन्सिपल विश्वराज बास्तोलाले जानकारी दिए।
विद्यालयले एन फोर्सलाई ३ लाख रुपैयाँ सहयोग पनि उपलब्ध गराएको छ। समारोहमा मन्त्री गुरुङले शिक्षालाई व्यवहारिक रुपमा प्रयोग गर्न र आफूले लिएको ज्ञान समाज परिवर्तनको लागि प्रयोग गर्न आग्रह गरे।
उक्त अवसरमा पूर्व शिक्षक गणेश रानालाई पूर्व शिक्षक सम्मान, प्रतिभा बास्तोलालाई उष्कृष्ट वर्ष शिक्षक सम्मान, लेखा शाखाका कर्मचारी प्रकाश बास्तोला र कर्मचारी चन्द्रमाया राईलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ।
त्यसैगरी विद्यालयका जग्गादाता विश्वनाथ बास्तोला, नीलकण्ठ बास्तोला र गोविन्दप्रसाद बास्तेालालाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो।
समारोहमा शिक्षक मनसु घले र कक्षा १२ की विद्यार्थी सन्ध्या बास्तोलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने स्कूल इञ्चार्ज राजेशकुमार घिमिरेले विद्यालयको प्रगति प्रतिवेदन पेश गरेका थिए।
स्कूलका भूपू शिक्षक दीननाथ बास्तोलाको अध्यक्षतामा भएको समारोहमा प्रिन्सिपल विश्वराज बास्तोला, शिक्षा विकास निर्देशनालयका उपसचिव माया बराल, सम्मानित व्यक्तित्व अमृत गुरुङले मन्तव्य दिएका थिए। कार्यक्रम सञ्चालन विद्यार्थीले संयुक्त रुपमा गरेका थिए ।
रजत वर्ष उपलक्ष्यमा स्कूलले वर्षभर विभिन्न कार्यक्रम गरेको थियो। स्कूलले रक्तदान कार्यक्रम, विद्यार्थी पुनर्मिलन कार्यक्रम, सरसफाइ कार्यक्रम, प्रभातफेरि कार्यक्रम लगायत कार्यक्रम गरेको हो।
Related News
सम्बन्धित समाचार
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
पाेखरा महानगरमा थपिए ६ ऐन, १७ ऐन संशोधन
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७