पोखराको पर्यटन विकासबारे सिलगुडीमा अन्तर्क्रिया

Avatar एजेन्सी
माघ २४, २०७५
sulgudi photo_Fotor

पोखरा, २३ माघ।  भारतको सिलगुडीमा मंगलबारदेखि शुरु बङ्गाल ट्राभल मार्टमा पोखराको पर्यटनबारे छलफल भएको छ।

पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भारतीय उत्तरपूर्वी ६ वटा राज्यका पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता संगठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएसन आयोजनामा सञ्चालित मार्टमा सहभागी बन्न पोखरेली पर्यटन व्यवसायीको समूह मंगलबार सिलगुडी आइपुगेको हो।

मार्टको उद्घाटन समारोहमा नेपाल, भारत, बंगलादेश र भुटानबाट सहभागी पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिले क्षेत्रीय अवधारणका साथ यी क्षेत्र समेटर पर्यटकीय विकास गर्नुपनेर्मा जोड दिए। वक्ताले अफ्गानिस्तानबाट पाकिस्तान हुँदै शुरु हुने विश्वको पूर्वी हिमाली शृङ्खला भारतको उत्तरपूर्वी राज्य भएर भुटान हुँदै नेपालमा आएर टुंगिने चर्चा गर्दै यस क्षेत्रको संयुक्त पर्यटकीय विकास गर्नुपर्ने धारणा राखे।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले यस क्षेत्रको पर्यटकीय विकासमा साझेदारी गर्न आफूहरू इच्छुक रहेको बताए। पोखरामा हेर्नै पर्ने धेरै पर्यटकीय आकर्षण स्थल रहेको र प्रकृतिका मनोरम दृश्यका साथै साहसिक पर्यटनका विविधता पोखरामा पाउन सकिने जानकारी पोखरेलले दिए।

नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले पर्यटकीय साझेदारीको लक्ष्यका साथ पोखरा पर्यटन परिषद्को ५ वर्षअघि इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएशनसँग सम्झौता भएको स्मरण गर्दै भौगोलिक अवस्थिति, संस्कृति आदि समेतका आधारमा यस क्षेत्रसँगको सहकार्य महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे।

उत्तरपूर्वी भारतका पश्चिम बङ्गाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरमलगायतका राज्यबाट धेरै पर्यटक धार्मिक रुपले पनि नेपालको भ्रमणमा आउने गरेका छन्। नेपालमा आउने कूल विदेशी पर्यटकमध्ये सन् २०१८ मा १७ दशमलव शून्य नौ प्रतिशत भारतीय पर्यटक हवाई मार्गहुँदै आएको तथ्यांकले देखाउँछ।

सन् २०१८ मा भारतबाट २ लाख ४३८ पर्यटक हवाई मार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडक मार्गबाट आएका छन्। नेपाल आउने विदेशी पर्यटक नेपालपछि भुटान र सिक्किम जाने भएकाले नेपालको पर्यटकीय आकर्षणले उत्तरपूर्वी भारतसहित भुटानमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेको पाइन्छ।

इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएशनका महासचिव सन्दिपन घोषले क्षेत्रीय तथा अन्तराष्ट्रिय पर्यटनका लागि नेपाल महत्वपूर्ण गन्तव्य भएको बताए।

पोखरासहित समग्र नेपालको पर्यटकीय साझेदारीलाई अभैm बलियो बनाउन आफूहरू प्रतिबद्ध भएको बताउँदै उनले मार्टमा नेपालको सहभागिता यसैको महत्वपूर्ण कडी भएको स्पष्ट पारे।

मार्टमा पोखरा पर्यटन परिषद्बाट वषेर्नी सहभागिता रहँदै आएको कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देलले जानकारी दिए। ‘मार्टमा सहभागितासँगै हामी यहाँका पर्यटन व्यवसायीसँग व्यापार आदानप्रदान (विटुवी)को कार्यक्रम समेत राखेका छौं,’ उनले भने, ‘पोखराका पर्यटकीय गतिविधिका साथै विविध सांस्कृतिक पक्ष लगायतबारे जानकारी गराउने गरी बुधवार पोखरा साँझ पनि आयोजना गर्न लागिएको छ।’

सिलगुडीको बङ्गाल ट्राभल मार्टसँगै आसामको राजधानी गुहाटीमा पनि बुधबारदेखि दुईदिने प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागेको संयोजक सिग्देलले जानकारी दिए। पोखराको पर्यटन प्रवद्र्धन टोलीमा सहभागी नेपाल पर्यटन बोर्डका पूर्वसदस्य समेत रहेका वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई काँकरभिट्टा हुँदै ठूलो संख्यामा भारतीय पर्यटक नेपाल जाने भए पनि काँकरभिट्टाबाट चन्द्रगढी विमानस्थलसम्म पुग्ने बाटो अहिलेसम्म कालोपत्रे नहुँनु दुर्भाग्य भएको बताए।

Related News

सम्बन्धित समाचार

    • यसरी शुरु हुँदै छ संसद

      rss रासस फागुन २२, २०७७
      काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाका सातौँ अधिवेशन भोलि आइतबारदेखि शुुरुआत हुुँदैछ ।…
    • नेपालगंजमा पोखरा प्रबद्र्धन अभियान

      Avatar आदर्श समाज सम्वाददाता फागुन २२, २०७७
      नेपालगंज, २२ फागुन । पश्चिमान्चल होटल संघ पोखराको आयोजनामा आन्तरिक पर्यटन पुनःउत्थान तथा पर्यटन प्रवद्र्धन अभियान बाँकेको नेपालगंजबाट सुरु भएको…
    • फेदीखोलामा मजदुरलाई परिचयपत्र

      Avatar आदर्श समाज सम्वाददाता फागुन २१, २०७७
      पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयनमा ल्याएको छ । जीवनभर अर्काको लागि श्रम गर्ने तर अप्ठ्यारो परेको…
    • कावासोती र सहरी विकासबीच सम्झौता

      Avatar आदर्श समाज सम्वाददाता फागुन २०, २०७७
      नवलपुर । कावासोती नगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना सञ्चालनका लागि सम्झौता भएको…
    • सडक बालबालिकाको अवस्था बुझ्दै मन्त्री महतो

      Avatar आदर्श समाज सम्वाददाता फागुन २०, २०७७
      हेमजा । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो सडक बालबालिकाको अवस्था बुझ्न बुधबार कास्की आएकी छन् । मन्त्री बनेपछि…

    hero news full width

    sanil ads

    wordlink ads