पोखरा, २२ माघ । म्यासेन्जर एप्लिकेसन ह्वाट्सएपको माध्यमबाट अवैध हुन्डी कारोबार गर्ने ८ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।
विभागले सोमबार जनकपुरका रामेश्वर साहसहित आठ जना विरुद्ध ४ अर्व १६ करोड रुपैयाँ बराबरको हुन्डी कारोबार गरेको भन्दै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको छ। गैरकानूनीरुपमा विदेशी मुद्राको अन्तरदेशीय कारोबार गर्नु हुन्डी हो। यस्तो कारोबार गर्नेले कारोबारको तीनगुणा जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था छ।
साह, उनकी श्रीमती मीनादेवी साह, मोख्त अहमद,विजय यादव, नरेश महतो, सुरज ठाकुर, पप्पुकुमार दास र सन्तोष महतो विरुद्ध मुद्दा दायर गरेको विभागले जानकारी दियो। उनीहरू मध्ये नरेश महतो, सुरज ठाकुर र पप्पुकुमार दास भारतीय नागरिक हुन्।
विभागले आठैजनालाई ३ वर्ष सजाय र विगोको ३ गुणासम्म सजाय गर्न माग गरेको छ। पप्पुकुमार दास भने नाबालक भएकोले अरूको भन्दा आधा जरिवाना र कैदसजाय भोगे पुग्छ।
विभागले अवैध कारोबार प्रमाणित भएको र सो क्रममा भौचर र खातामा देखिएको ४ अर्व, १५ करोड ४९ लाख र रामेश्वर साहको घरमा बरामत भएको ८३ लाख र भारु ६ हजार भारुसहित ४ अर्ब १६ करोड ३३ लाख रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरेको हो।
विभागकै मागदावी अनुसार फैसला भए उनीहरूले ४ अर्व १६ करोडको तीन गुणाले जनही १२ अर्व ४८ करोड, ९९ लाख रूपैँया तिर्नुपर्ने छ।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९