रोटरीद्वारा कम्प्युटर सहयोग र स्वास्थ्य शिविर

Avatar एजेन्सी
माघ २२, २०७५
rotary_Fotor

पोखरा, २१ माघ । रोटरी क्लब अफ पोखरा मिडटाउन, रोटरी क्लब अफ पोखरा इनरह्वील र रोट्रयाक्ट क्लब अफ पोखरा मिडटाउनको संयुक्त आयोजनामा कम्प्युटर सहयोग तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।

क्लबले रुपा गाउँपालिका–१ स्थित टजेश्वर माविलाई ५ थान कम्प्युटर र १ थान प्रिण्टर तथा शारदा आधारभुत विद्यालयलाई १ थान कम्प्युटर र १ थान प्रिण्टर सहयोग गरेको हो।

क्लबका अध्यक्षहरु सन्तोष पोखरेल, सावित्री नेपाली र अच्युत पौडेलले विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोमबहादुर सुनारीलाई सो सहयोग सामग्री हस्तान्तरण गरेका हुन्।

यस्तै, जटेस्वर माविमा भएको स्वास्थ्य शिविरमा फेवा सिटी हस्पिटलको सहयोगमा महिला स्वास्थ्य तथा जनरल परीक्षण गरिएको हो।

डा भोजराज न्यौपाने, डा चण्डिका पण्डित लगायतले स्वास्थ्य परीक्षण गरेका हुन्। शिविरमा शिःशुल्क औषधि वितरण गरिएको थियो। शिविरमा हिमालयन आँखा अस्पतालको सहयोगमा आँखा परिक्षण समेत भएको थियो।

कार्यक्रममा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले रोटरीले गरेको उक्त कार्य अनुकरणीय कार्य बताए ।

रोटरी पोखरा मिडटाउन अध्यक्ष सन्तोष पोखरले आफूभन्दा कमजोर अवस्था भएकालाई सहयोग गर्नु नै मानव सेवा भएको बताए।

कार्यक्रममा निवर्तमान अध्यक्ष केशवप्रसाद आचार्यले स्वागत तथा आइपिपी इ महेन्द्र गोदारले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • फेवातालको क्षेत्रफल ११२५५ रोपनी

      Avatar आदर्श समाज सम्वाददाता फागुन १३, २०७७
      पोखरा । नेपाल सरकारको मन्त्री परिषद् बैठकको निर्णय सँगै फेवातालको क्षेत्रफल बढ्ने भएको छ । हाल साढे ४ वर्ग किलोमिटर…
    • ग्रामीण क्षेत्रमा सडक कालोपत्रे   

      rss रासस फागुन १३, २०७७
      म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा…
    • नेपाल–भारत मैत्री संघको साधारण सभा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १२, २०७७
      पोखरा, १२ फागुन । नेपाल–भारत मैत्री संघ कास्की शाखाको पाँचौं साधारण सभा भएको छ । संस्थाका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा…
    • सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १२, २०७७
      जाजरकाेट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग उपाध्यक्ष…
    • पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने

      rss रासस फागुन ११, २०७७
      पर्वत । विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या…

    hero news full width

    sanil ads

    wordlink ads