पोखरा, २० माघ। तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी—२० सिरिज २—१ ले जितेको छ।
वर्षाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी—२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो, तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सकेको थियो।
रोमाञ्चक खेलमा यूएईलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो। कप्तान पारस खड्काले ललित राजवंशीलाई बल दिए। पहिलो र दोस्रो बलमा विकेट लिएका उनले मात्र ५ रन दिँदै नेपाललाई पहिलो टी—२० सिरिज दिलाउन सफल भए।
यूएईको सुरुवात निकै राम्रो थियो तर सन्दीप लामिछानेको त्यो ओभरमा २० रन जोडे, पहिलो विकेटका लाम गुलाम शब्बर र अस्फाक अहमदले २९ रनको साझेदारी गरे। तर, दोस्रो ओभरको अन्तिम बलमासोमपाल कामीले अस्फाकको विकेट लिए।
पाँचौं ओभरको चौथो बलमा गुलाम आउट भएपछि यूएई दबाबमा आयो। आठौं ओभरमा करण केसीले उत्कृष्ट बलिङ गर्दै चार रन खचेर्र दुई विकेट लिएपछि खेल नेपालको पक्षमा रह्यो। यो ओभरमा करणले आक्रामक ब्याटिङ गरिरहेका साइमन अनवरलाई ३० रनमा आउट गरे। कप्तान मोहम्मद नाभिद पनि उनको शिकार भए।
नेपालका करण, ललितसँगै अविनाश बोहोराले २—२ विकेट लिए भने सन्दीप र सोमपालले १—१ विकेट लिए।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात भने राम्रो रहेन। पवन शरार्फलाई शुन्यमै गुमाएको नेपालले पहिलो ओभरमा रन जोड्न सकेन। ज्ञानेन्द्र मल्ल ११ र दीपेन्द्र सिंह ऐरी २ रनमा आउट भए। मात्र २१ रन जोड्दा तीन विकेट गुमाएको नेपालका लागि कप्तान पारस खड्का, सन्दीप जोरा र विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरे।
चौथो विकेटको लागि पारस र सन्दीपले ३३ रनको साझेदारी गरे। पारसले १४ बलमा २९ रन बनाए। उनले चार चौका र एक छक्का प्रहार गरे। अर्को विकेटका लागि विनोद र सन्दीपले ३७ रनको साझेदारी गर्दै आक्रामक खेलेका सन्दीपले ११ बलमा २८ रन बनाए।
विनोदले १३ बलमा २१ रन बनाए। करण केसीले ५ बलमा १० रन बनाए। अन्तिम ओभरमा नेपालले करण र विनोदसँग सोमपालको विकेट गुमाएको थियो। तर, १० रन जोडेको थियो।
यूएईका लागि मोहम्मद नाभिद र अमिर हायतले समान २—२ विकेट लिए। टी—२० सिरिज खेल्नुअघि नेपालले यूएईसँग तीन म्याचको एकदिवसीय श्रृखला खेलेको थियो। दुबै सिरिजमा नेपालको प्रदर्शनमा एउटा समानता रहृयो, पहिलो खेलमा हार तर, उत्कृष्ट पुनरागमन गर्दै सिरिजमा २—१ को कब्जा गरेको थियो।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
संसद पुनर्स्थापनापछि विजय र्याली
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
hero news full width
मुख्य समाचार
काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
फागुन १२, २०७७ओली समूहकाे स्थायी समिति बैठक: सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने
फागुन १२, २०७७कोरोनाको खोप : पहिलो चरणमा लक्ष्यको ८५ प्रतिशतले लगाए
फागुन १२, २०७७प्रधानमन्त्रीले बोलाए पार्टी स्थायी कमिटी बैठक
फागुन १२, २०७७