पोखरा, १५ माघ। दृष्टिबिहीनका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम शुरु गरिएको छ। कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजना र ओम डेभलपमेन्ट बैंकको सहयोगमा तालिम संचालनमा ल्याइएको हो।
पोखरामा फागुन १८ देखि २४ गतेसम्म आयोजना हुने ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एशोसिएसन बीथ आइएमई पे पूर्व सन्ध्यामा तालिम संचालनमा ल्याइएको हो। तालिमको मंगलबार ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले उद्घाटन गरे ।
अधिकारीले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा दृष्टिविहीनका लागि आयोजित कम्प्युटर शिक्षा तालिममा सहकार्य गरेको बताए। ‘प्रतिस्पर्धाको समयमा सूचना तथा प्रविधिको ज्ञान अनिवार्य भएको हुँदा दृष्टिविहीनका लागि कम्प्युटर शिक्षा तालिम उपयुक्त हुने बताए।
क्यानका गण्डकी प्रदेश अध्यक्ष चिन्तामणि बास्तोलाले हरेक वर्ष क्यानले रचनात्मक कार्यक्रम गर्दै आएको जानकारी दिए।
नेत्रहीन संघ कास्की अध्यक्ष लक्ष्मण सुवेदीले औपचारिक शिक्षासँगै कम्प्युटरको ज्ञान अनिवार्य हुँदा दृष्टिविहीनका लागि यस्तो कार्य प्रशंसनीय भएको बताए। क्यान कास्की अध्यक्ष युवराज पौडेलले इन्फोटेक पूर्व सन्ध्यामा अघिल्लो वर्ष क्यानले गृहिणीका लागि कम्प्युटर शिक्षा र यस वर्ष दृष्टीविहीनलाई तालिम दिन लागिएको जानकारी दिए।
क्यान कास्कीका सदस्य शवी शेरचनको संयोजकत्वमा तालिम आयोजना गरिएको हो।
Related News
सम्बन्धित समाचार
५१ युनिट रगत संकलन
विद्यार्थी उपचारका लागि अक्षयकोष
एनएमबी बैंकद्वारा कालिका क्याम्पसलाई सहयोग
लेखनाथ उद्योग वाणिज्य संघको दौड प्रतियोगिता
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९