शान्ति निकेतनको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ १४, २०७५
Shanti Ni_Fotor

पोखरा, १३ माघ । पोखरा–५, मालेपाटनस्थित शान्ति निकेतन स्कुलको १३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस, पुरस्कार वितरण तथा विविध सांस्कृतिक समारोह एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

प्रमुख अतिथि गण्डकी प्रदेशका निदेर्शक डा. बाबुराम ढुङ्गानाले कार्यक्रमको उद्घाटन गर्दै नयाँ शिक्षा ऐनले निजी विद्यालयलाई घाँटी निमोठ्ने काम नगरेको जिकिर गरे । सबैले राम्ररी बुझेमा निजी तथा सार्वजनिक दुवैखाले शिक्षा प्रणालीलाई हेक्का राखेर नियम आएको ढुङ्गानाको दावी थियो ।

नेपालका वरिष्ठ हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले कार्यक्रममा बोल्दै हामीले हाम्रा नानीबाबुलाई ठूलो भन्दापनि असल मान्छे बन्न सिकाउनुपर्ने बताए । उनले माता, मातृत्व र मातृभूमि बिर्सेमा वर्तमानमा पास भएपनि भविष्यमा फेल हुने बताए ।

विद्यालयका प्राचार्य महेश्वर पराजुलीले विद्यालयले अब स्मार्ट टिचिङ मेथड प्रयोग गनुपर्ने बताए । विद्यालयले विगतका वर्षहरुमा शत् प्रतिशत डिस्टिङ्सन ल्याएको स्मरण गर्दै आगामी दिनमा पनि गुणात्मक शिक्षामा जोड दिइने बताए ।

कार्यक्रममा उत्कृष्ट शिक्षक, दीर्घ सेवारत शिक्षक एवं कर्मचारीलाई तथा विगत २०७२ देखि एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र तिनका अभिभावक तथा विभिन्न जिल्लास्तरीय कार्यक्रमा उत्कृष्ट भएका विद्यार्थी समेतलाई सम्मान गरिएको थियो ।

विविध सांस्कृतिक कार्यक्रमासँगै सम्पन्न भएको उक्त कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. सरोज कोइराला, शिक्षाविद् विनोद बराल, एसओएस स्कुलका सह–प्राचार्य किरण सापकोटा, उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष दामु अधिकारी, अभिभावक पुरुषोत्तमप्रसाद पराजुलीलगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुत्र्यालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय इन्चार्ज यदुविलास भुत्र्याल र छात्रा कृति क्षेत्री तथा पूर्व विद्यार्थी प्रतिभा कोइरालाले स्वागत तथा विद्यालयका नेपाली विभाग प्रमुख कृष्ण शर्मा र अंग्रेजी विभाग प्रमुख हेम सुवेदीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सरस्वतीमा दन्त शिविर

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । नेलम्बो नेपालले पोखरा–१२, ढिकालेथरस्थित सरस्वती आधारभूत विद्यालयमा निशुल्क दन्त शिविर गरेको छ । शिविरमा शिक्षक, विद्यार्थी गरी २…
  • जीविका सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा ३ नदीपुरस्थित जीविका बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारण सभा भएको छ । जिल्ला सहकारी…
  • गैराथर सिल्पा सडकको उद्घाटन

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जनताले प्रत्यक्ष अनुभूत हुनेखालको विकास निर्माणको काम गर्न चाहेको बताएका छन् ।…
  • केआइइसी वुनलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । ढिकुरपोखरीमा भएको आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको उपाधि केआइइसी वुन एफसीले चुमेको छ । बुधबार फाइनलमा हेमजा युनाइटेडलाई ट्राइब्रेकरमा…
  • भारतको चेन्नइमा तीज

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । प्रवासी नेपाली संघ भारत तमिलनाडु पाण्डीचेरि संयुक्त राज्य समितिअन्तर्गत प्रगतिशील महिला समितिले तीज अवसरमा चेन्नईका प्रवासी नेपाली महिलाबीच…

hero news full width