सीपमुलक शिक्षा आजको आवश्यकता : चर्ती मगर

आदर्श समाज सम्वाददाता
माघ १३, २०७५
p 5_Fotor

पोखरा १३ माघ :  स्याङजाको विरुवा गाउँपालिका—२ मोचाबारीको जामुनेडांडा माध्यामिक विद्यालयमा प्राविधिक शिक्षा बागवानी विज्ञान र मातृभाषाको शिक्षा प्रदान गर्न महायज्ञ संचालनमा ल्याइएको छ ।

माघ ३—११ गते सम्म संचालित महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सांसद दीपक चर्ती मगरले भोलीका लागि नभइ आजैका लागि काम हुने सीप मुलक र ब्यवहारिक शिक्षा नै अहिलेको आवश्यकता रहेको वताए ।

सूचना र प्रविधिले विश्व नै सांघुरो भइरहेको सन्दर्भमा अझैपनि नेपालमा ब्यवहारिक र सीपमुलक शिक्षा प्रदान भइनरहेको सन्दर्भमा स्याङजाको ग्रामीण भेगमा रहेको विद्यालयमा प्राविधिक शिक्षा र मातृभाषाको शिक्षा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञले शिक्षा क्षेत्रमा ठूलो भुमिका खेल्ने उनले वताए।

चर्ती मगरले अहिलेसम्म सरकारको ध्यान नपुगेपनि वर्तमान सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरिसकेकोले अवको शिक्षा  सीपमुलक र स्वरोजगारमुलक हुने वताए ।

मातृभाषा कक्षा सञ्चालन चुनौतीपूर्ण भएपनि त्यस्तो शिक्षा अहिलेको  आवश्यक रहेको र मातृभाषामा शिक्षा प्रदान गर्न सके गुणस्तरीयता बढ्ने र मातृभाषाको संरक्षण हुने मगरको भनाइ  थियो ।

मातृभाषा कक्षा सञ्चालनका लागि सम्पूर्ण राजनीतिदल, संघ सस्था, समाजसेवी, बुद्धिजीवीको सहकार्य आवश्यक रहेको वताउदै मगरले विकसित समाजको निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वताए । सो अवसरमा वोल्दै जामुनेडांडा माविका प्रध्यानाध्यापक राम चन्द्र शर्माले नौ दिन सम्म सञ्चालन श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञलाई सफल बनाउन सहयोग  गर्ने सम्पूर्ण दानवीर, चन्दादाता, संघ सस्था, राजनीतिक दल र मिडियाकर्मीलाई आभार व्यक्त गरेका छन् ।

श्रीमद भागवत महायज्ञ मूल समारोह समितिका संयोजक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिल बहादुर गुरुङले जामुनेडांडा माविलाई नयाँ गोरेटोमा हिड्न बाटो देखाइदिने कथावाचक मन्त्रमुक्त गरी कथा वाचन गर्ने कथा शिरोमणि पंडित दीपक प्रसाद पौडेललाई विशेष धन्यवाद ब्यक्त गरे । महायज्ञलाई भब्य र सभ्य रुपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रति आभार प्रकट गर्दै सम्पूर्णले सहयोग गरेको रकम विद्यालयमा प्राविधिक शिक्षा वागवानी र मातृभाषा सञ्चालनका लागि खर्च गरिने समेत गुरुङले वताए ।

Related News

सम्बन्धित समाचार

  • विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप

    रासस मंसिर १६, २०७९
    पाल्पा । आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप…
  • गोरखकाली रबर उद्योग : चिनियाँ टोलीको उद्योग सञ्चालनमा चासो

    प्रकाश ढकाल मंसिर १६, २०७९
    पोखरा । नेपालमा भारत, चीन, इटाली, अमेरिकालगायत देशबाट बढी टायर भित्रिन्छ । बर्सेनि १२ अर्ब रुपैयाँभन्दा बढी टायर खरिदमा नेपालले…
  • ‘जंगल जंगल डुल्नुपर्छ भन्ने चिन्ताले नर्सिङ’

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०७९
    पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले स्रष्टाका अनुभव र अनुभूतिअन्तर्गतको नयाँ शृंखलामा मंगलबार साहित्यकार तथा राधा पौडेललाई प्रस्तुत ग¥यो ।…
  • दलले गुमाए मत

    प्रकाश ढकाल मंसिर १५, २०७९
    पोखरा । पहिलो पार्टी बन्ने तरखरमा रहेको नेपाली कांग्रेस र बलियो पहिलो पार्टीबाट दोस्रोमा खस्किन लागेको एमालेसहित परम्परागत अधिकांश दलको…
  • कास्कीमा ५ प्रतिशत मत बदर

    रासस मंसिर १४, २०७९
    पोखरा ।कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको…

hero news full width