पोखरामा होटल टास्क सञ्चालन

समृद्धिको आधार पर्यटन : उपराष्ट्रपति

आदर्श समाज सम्वाददाता
माघ ३, २०७५

पोखरा, २ माघ। पोखराको उत्तमचोकमा सुविधासम्पन्न होटल टास्क बुधबार सञ्चालनमा आएको छ।

होटल उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपालको मुख्य आधार पर्यटन क्षेत्र भएको बताए।

सरकारले पर्यटन कृषि, विद्युत् र जडिबुटीलाई समृद्धिको आधारको रुपमा लिएर अगाडि बढिरहँदा पोखरामा अत्यधुनिक शैलीमा निर्माण भएको होटल टास्कले पर्यटनको क्षेत्रमा एक खम्बा भएको बताए।

उनले पर्यटन विकासका लागि भौतिक पूर्वाधारको विकासमा जोड दिँदै नेपालमा पर्यटनका लागि भौतिक पूर्वाधार कम त्यो पनि नगन्य मात्रामा रहेकाले होटल टास्कजस्ता उच्चस्तरीय प्रविधियुक्त होटलहरु सञ्चालनमा ल्याउनुपनेर्मा जोड दिए। देशले लामो राजनीतिक अस्थिरताबाट स्थायित्व प्राप्त गरेकाले युवापिँढीलाई स्वदेशमै उद्योग व्यवसायमा लाग्न प्रेरित गर्नु आवश्यक रहेको बताए।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकार उद्योगी व्यवसायीलाई लगानीको लागि वातावरण बनाउन तयार रहेको बताउँदै होटल टास्क गण्डकी प्रदेशको पर्यटनमा थप गहना भएको बताए।

भ्रमण वर्ष २०२२ मा २० लाख पर्यटक भित्रयाउने उद्देश्य सफल बनाउन होटल टास्क जस्ता सुविधा सम्पन्न होटल विस्तार हुनुपर्ने उनको जोड थियो।

१८ करोड लगानीमा निर्माण सम्पन्न १० तलाको होटलमा सुविधासम्पन्न ३२ वटा कोठा छन्।

एक अपार्टमेन्ट तथा ४०, ६० र २ सय सीट क्षमताका सेमिनार हल रहेको होटल संचालक मीनराज गुरुङले बताए।

गुरुङका अनुसार सहरलाई ग्रामीण पर्यटनसँग जोड्ने उद्देश्यले सोहीअनुरुप कोठाहरुको नामाकरण गरिएको  छ।

होटलका प्रत्येक फ्ल्याटलाई विभिन्न क्षेत्र, संस्कृति र तालको नामाकरण गरिएको छ।

होटलको अण्डरग्राउण्ड फ्ल्याटमा पार्किङ सुविधा छ भने ग्राउण्ड फ्लोरलाई लबीको रुपमा प्रयोग गरिएको छ।

होटलसँगै दुई रेष्टुरेन्ट संचालनमा छन्। रुफटप रेष्टुरेण्ट र ग्राउण्ड फ्लोरमा लोकल खानालाई लक्षित गरी लेकाली चुलो सञ्चालनमा आइसकेको छ भने ट्राभल समेत सञ्चालनमा आइसकेको छ।

होटलसँगै भ्यू–टावरबाट पोखराको सुन्दर दृश्य र मनोरम हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width