पोखरा, ३० पुस। सिटीजन फर्निचर पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५ प्रचारका लागि पाल्पाली समाज पोखराको टोली गृहजिल्ला पाल्पा पुगेको छ ।
समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको नेतृत्वमा पूर्व अध्यक्ष एवं सल्लाहकार चिरञ्जीवी श्रेष्ठ, महासचिव श्रीधर पराजुली, कार्य समिति पूर्व सदस्य तथा कलाकार दुर्गा रायमाझी सम्मिलित टोलीले प्रदेश ५ मा पाल्पाबाट निर्वाचित सांसद, स्थानीय जनप्रतिनिधिलाई भेट गरी कार्यक्रमको निम्तो बाँडेको छ ।
कार्यक्रममा प्रदेश सांसद नारायण आचार्य, युवराज खनाल, वीरबहादुर राना, पुरनमान बजाचार्य, तुलबहादुर घर्ती ‘वसन्त’, रमा घर्ती र पृतकुमारी ढेंगामगरलाई भेटेर कार्यक्रममा निम्तो गरिएको समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए।
टोलीले तानसेन नगरपालिकाका मेयर अशोक शाही, रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापा, त्यस्तै विभिन्न गाउँपालिकाअन्तर्गत रैनादेवी अध्यक्ष रामबहादुर कार्की, रिब्दीकोट अध्यक्ष नारायण जिसी, वगनासकाली अध्यक्ष कृष्णप्रसाल बस्याल, माथागढी अध्यक्ष सन्तोष थापा, पूर्वखोला अध्यक्ष गुनबहादुर राना, निस्दी अध्यक्ष मुक्तबहादुर सारु, रम्बा अध्यक्ष विष्णुप्रसाद भण्डारी र तिनाउ अध्यक्ष ओमबहादुर घर्तीलाई प्रत्यक्ष भेटघाट गरी पोखरामा हुने कार्यक्रम ऐतिहासिक हुने भन्दै आमन्त्रण गरेको हो ।
त्यस्तै टोलीले पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठ, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, शीर्ष प्रायोजक भैरव ग्रुपका अध्यक्ष गोपाल पोखरेल, भिजन लुम्बिनीका अध्यक्ष जगत पोखरेललाई समेत भेटेको छ। समाजले स्थापनाको रजतजयन्ती मनाउनेक्रममा पाल्पाको मौलिक लोकसंस्कृति पोखरामा प्रचारप्रसारसहित पोखरा सभागृहमा माघ ५ मा सो कार्यक्रम गर्न लागेको हो।
समारोहमा मन्त्रिपरिषदका पूर्व अध्यक्ष तथा सवोर्च्च अदालतका पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अभिनन्दन र नेपाल प्रहरीका पूर्व महानिरीक्षक कुवेरसिंह राना, महानायक राजेश हमाल, गायक तथा कलाकारहरु नारायण रायमाझी लगायत पाल्पाली कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा योगदान दिने अग्रज कलाकारलाई विशेष सम्मान गरिनेछ। कार्यक्रममा पाल्पाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीयस्थलको श्रव्यदृश्य सामग्रीमार्फत झलक समेत प्रदर्शन गरिने कार्यक्रम संयोजक अनन्त अधिकारीले जनाए ।
यस्तै, पाल्पाको मौलिक संस्कृतिको रुपमा रहेका वालन, कौरा, सोरठी (मारुनी) नृत्य प्रदर्शन गरिने छ भने पाल्पाली करुवा, ढाका तथा पाल्पाको पहिचान चुकाउनी, बटुक लगायत खानाका परिकारका स्टल समेत रहने छन् । कार्यक्रममा गायक दुर्गा रायमाझी, बद्री पंगेनी, नवीन पौडेल, इन्द्र जिसी, जमुना राना, शान्ति डोटेल, बसन्ती थापा, दुर्गाराज पाण्डेको विशेष प्रस्तुति रहनेछ।
बचत हुने रकम पाल्पाली कल्याणकारी कोषमा राखिने कल्याणकारी कोष संयोजक चिरञ्जीवी श्रेष्ठले जनाए। सो दिन सांगीतिक साँझपछि समाजले पाल्पाका २ नगरपालिका र ८ गाउँपालिकाका प्रमुख लगायत जनप्रतिनिधिसँग पाल्पाको पर्यटन प्रवद्र्धनबारे छलफल गनेर्समेत कार्यक्रम छ ।
Related News
सम्बन्धित समाचार
वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९