पोखरा महोत्सवको बढ्दो रौनक

आदर्श समाज सम्वाददाता
माघ १, २०७५
Pokhara Mahotsav_Fotor

पोखरा, ३० पुस। नवौं पोखरा महोत्सवमा कलाकारले दर्शकलाई प्रशस्त मनोरञ्जन दिने गरेका

छन्। सोमबार गायक बद्री पंगेनीको प्रस्तुतिले महोत्सवको माहोल तातेको थियो। पंगेनीसँगै जीवन दाहाल, रामजी पौडेल, पार्वती जिसी, सविना गुरुङ, मीना श्रीष, निश्चल दवाडीको दोहोरी प्रस्तुति रहेको थियो । हास्यब्यङ्ग्यतर्फ पाँडे र जिग्रीले हसाए ।

पर्वत र तनहुँबीच दोहोरीमा पर्वत अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो। कन्सर्टमा मंकी टेम्पल र प्रश्नको प्रस्तुतिमा युवा झुमेका थिए। मंगलबार कोमल वली, प्रजापति पराजुली, जीवन दाहाल, कुमार पुन, जयकुमार परियार, शिवहरि ढुंगाना, मीना श्रीषमगर, नीशा पोख्रेल, विकास

नेपालीको प्रस्तुति रहनेछ भने बाल कलाकार समीक्षा अधिकारीलाई सम्मान गरिने प्रचारप्रसार संयोजक शान्त थापाले जानकारी दिए।

युनाटेड क्लबको आयोजनामा अमरसिंहचौरमा जारी महोत्सव ८ गतेसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • निर्माण व्यवसायी समितिमा शिव

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८०
    पोखरा, १५ मंसिर । निर्माण व्यवसायी समितिमा शिवबहादुर खड्का अध्यक्ष चुनिएका छन् । समितिको २६ औं साधारण सभा तथा १३…
  • पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । पोखरा बहुमुखी बहुमुखी क्याम्पसले बिहीबार ३७ औं वार्षिकोत्सव मनाएको छ । समारोह उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोग प्रमुख…
  • पोखरा आदर्शमा वार्षिक खेलकुद

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । गण्डकी एकेडमी फाउन्डेसन प्रा।लिका…
  • निशुल्क रक्त परीक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । विश्व मधुमेह दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले बुधबार सचेतना कार्यक्रम तथा निशुल्क रक्त परीक्षण…
  • स्रष्टा सम्मान तथा साक्षात्कार

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । संघर्षमा कलम पोखराले भारतको सिलगढीबाट आएका स्रष्टासँगको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले असमका वरिष्ठ…

hero news full width