पोखरा, २८ पुस। श्रम, रोजगार र सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वर्किङ कल्चरको सम्मान गर्नुपनेर्मा जोड दिएका छन्। उनले समाजमा वर्किङ कल्चर स्थापित गनेर्तर्फ सरकार लागिपरेको उल्लेख गरे ।
प्रेस संगठन नेपाल, कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले काम गर्ने संस्कृतिको बढावा र सम्मान नगरेसम्म मुलुकमा परिवर्तन नआउने समेत ठोकुवा गरे ।
‘जसले श्रम गर्छन्, चाहे ती बौद्धिक व्यक्तित्व वा शारीरिक श्रम गनेर्हरु हुन्,’ उनले भने, ‘काम गर्ने व्यक्ति माथि नबढ्ने र श्रम नगर्ने रातारात धनी हुने प्रवृत्ति बदलेर श्रम गनेर्को जीवन सवल र साकार बनाउनेतर्फ अघि बढेका छौं।’
मन्त्री विष्टले श्रममा लागेका सबै व्यक्तिलाई सामाजिक दायराभित्र ल्याउने जिकिर गरे। श्रमजीवीहरुको भविष्य सुरक्षित र सुनिश्चित बनाउन सामाजिक सुरक्षाको कार्यक्रम लिएर सरकार अघि बढेको उनको दाबी थियो।
‘मन्त्रालयले यस्ता कार्यक्रमलाई प्रभावकारी ढंंगले अघि बढाएको छ,’ उनले भने, ‘कामदार दुर्घटना हुँदा, घाइते उपचार, बिरामी उपचार, परिवारको सुरक्षा, वृद्ध हुँदा निवृत्तिभरणको व्यवस्था लगायत सामाजिक सुरक्षालाई कार्यान्वयन गराउने कुरामा सरकार अगाडि बढेको छ।’ केही समयपछि पत्रकारलाई समेत सामाजिक सुरक्षाको पहुँचमा पुर्याउने गरी सरकार अघि बढेका मन्त्री विष्टले बताए। ‘लामो समयदेखि संचार क्षेत्रमा काम गर्ने स्वयं पत्रकारका लागि पनि सामाजिक सुरक्षा जरुरी छ,’ उनले भने, ‘वृद्ध अवस्थामा पेन्सनको सुविधा पाउन जरुरी छ।’ काम गर्ने संस्कारको अभावमा धेरै युवाहरु वैदेेशिक रोजगारमा लागेको मन्त्री विष्टको भनाइ थियो। काम गर्न सक्ने युवा जनशक्तिले नेपालमै काम गरोस् भन्ने सरकारको चाहना रहेको उनले बताए। जोखिमपूर्ण वैदेशिक रोजगारीमा लाइन लागेका जनशक्ति यहीँ काम गर्न तयार रहोस भन्ने सरकारको चाहना रहेको उनको भनाइ थियो ।
‘सवा खर्ब बढी नेपालले व्यापार घाटा व्यहोर्नुपरेको छ,’ उनले भने, ‘तरकारी, दाल, चामल, चिनीलगायत कृषि उपभोग्य वस्तुमा नेपालले आयात गर्नुपरेको छ। कम्तिमा सन्तुलन कायम गनेर्गरी कृषिजन्य उत्पादन गर्ने हो भने पनि नेपालमा बीसौं लाख जनशक्तिले रोजगारी प्राप्त गर्ने सम्भावना छ।’
खनिज, पर्यटकीय, आइटी र स्वरोगारीको सम्भावना भरपूर प्रयोग गरेर लाखौं व्यक्तिहरुलाई नेपालमा रोजगारी प्रदान गर्ने सरकारको लक्ष्य रहेको मन्त्री विष्टले उल्लेख गरे। नेपालको जनशक्ति, श्रम र सीपलाई नेपालमै प्रयोग गर्ने दिशामा केन्द्रीत गराउन चाहेको विष्टको भनाइ थियो। उनले सरकारको प्राथमिकता यहीँ रोजगारी सिर्जना गरेर लाखौं जनशक्तिलाई रोजगारी प्रदान गर्नु रहेको जिकिर गरे।
‘महिनाभित्रै केही लाख युवाहरुलाई रोजगारी कहाँ छ ? रोजगारी कसरी प्राप्त गर्न सकिन्छ ? भनेर आयोजनासहित सार्वजनिक गदैर्छौं,’ मन्त्री विष्टले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको डिजाइन भइरहेको छ। त्यसको सार्वजनिकसमेत गदैर्छौं। देशभर रोजगारी अवसरलाई सिर्जना गनेर्छौं।’
पत्रकारको जिज्ञाशामा मन्त्री विष्टले निजी क्षेत्र, सरकारी र स्वरोजगारी रोजगारीका श्रोत रहेको बताए। रोजगारीको बजार र जनशक्तिको सूचना जोड्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउन लागेको प्रष्ट पारे। कार्यक्रमले नेपाली युवालाई नयाँ अवसर प्रदान गर्ने मन्त्री विष्टको भनाइ छ। मन्त्री विष्टले वैदेशिक रोजगारी जानुपर्दाको बाध्यता रहँदासम्म देखिएका वेथिति र ठगी नियन्त्रण गर्ने दाबी गरे। उनले भने, ‘वैदेशिक रोजगारीलाई ठगीरहित बनाउन शून्य लागतमा, सुविधाहरु पाउने गरी भरपदो र व्यवस्थित वैदेशिक रोजगारी पाउने पक्रियालाई अघि बढाएका छौं।’ सरकारले छोटो अवधिमै विकासको ठूलो पूर्वाधार निर्माण गरेको उनले दाबी गरे।
आमजनतालाई आधारभूत तहदेखि माथि उठाएर समृद्धशाली देश निर्माण गर्ने प्रक्रियामा फाउण्डेशन तयार गरेको उनको भनाइ थियो।
‘परिणाम देखिन समय लाग्ला,’ उनले भने, ‘सरकार फल प्राप्तिको दिशामा लागेको छ। परिणाम अवश्य आउँछ।’
Related News
सम्बन्धित समाचार
निर्माण व्यवसायी समितिमा शिव
पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव
पोखरा आदर्शमा वार्षिक खेलकुद
निशुल्क रक्त परीक्षण
स्रष्टा सम्मान तथा साक्षात्कार
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०