फाइल फाेटाे ।
चितवन, २४ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेससँग राष्ट्रिय मुद्दामा समझदारीका साथ जाने सहमति भएको बताएका छन्।
पुनर्निर्माण जिल्ला समन्वय समिति चितवनको बैठकलाई भरतपुरमा मंगलबार सम्बोधन गर्दै उनले विकास निर्माण र पुनर्निर्माणका अभियानमा मिलेर जाने सहमति भएको बताएका हुन्। उनले सोमबार बेलुका सत्ता पक्ष र विपक्षीका नेताहरुको गम्भीर बैठक बसेको समेत जानकारी गराए।
‘तपाईहरु के नठान्नुहोला भने माथि खिचातानी छ कि भन्ने तर त्यसो होइन,’ उनले थपे, ‘राष्ट्रिय मुद्दामा मिलेर काम गनेबारे प्रधानमन्त्रीजीको अध्यक्षतामा शेरबहादुरजी, म लगायत वरिष्ठ नेताहरुको महत्वपूर्ण बैठक बसेर राष्ट्रिय मुद्दामा समझदारीका साथ जाने कुरा भएको छ।’
विकास निर्माण र पुनर्निर्माण अभियानमा सत्ता पक्ष र प्रतिपक्षसँगै रहेको बताउँदै उनले विकास निर्माणमा हामी सबै हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए।
जिल्ला तहमा पनि जनप्रतिनिधि एक ठाउँमा बसेर पुनर्निर्माण र विकासका मुद्दामा छलफल गर्न उनले सुझाव दिए। दाहालले ऐलेनी र वनको जग्गामा रहेका भूकम्प प्रभावितलाई पुनर्निर्माणमा परेको समस्या समाधान गर्न प्रधानमन्त्री समक्ष आग्रह गने बताए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलले स्थानीय तहसँग समन्वय गरी अघि बढ्नका लागि पुनर्निर्माणका अधिकार स्थानीय तहमा प्रत्यायोजन गर्न लागिएको जानकारी दिए।
दुई वर्षपछि प्राधिकरण नहुने भन्दै उनले यसले हाँसिल गरेका अनुभवलाई स्थानीय तहमा पुर्याउन लागिएको बताए। पुनर्निर्माणको काम स्थानीय तहमार्फत हुँदा दिगो हुने उनको भनाइ थियो।
बैठकमा जिल्लाका सांसद र स्थानीय तहका प्रमुखहरुले पनि सम्बोधन गरेका थिए।
सो अवसरमा जिल्लाका एक महानगरपालिका, चार नगरपालिका र एक गाउँपालिकाका प्रमुख एवं उपप्रमुखसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तर्फबाट सम्झौता गरिएको थियो। बैठकमा माडी नगरपाकिलाका प्रतिनिधिको उपस्थिति नभएपछि सम्झौता हुन सकेन। सम्झौतामा स्थानीय तह र प्राधिकरणले गने कामका विषयमा ११ बुँदे समझदारी गरिएको छ।
बैठकमा हालसम्म प्राधिकरणले जिल्लामा गरेका कामका बिषयमा प्राधिकरणका कार्यकारी सदस्य हरिराम पराजुली र जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय भरतपुरका आयोजना व्यवस्थापक पुष्करप्रसाद पोख्रेलले प्रकाश पारेका थिए।
२०७२ बैशाखमा गएको भूकम्पले जिल्लाका ७ हजार ३ सय ३५ घरधुरीमा क्षति पुर्याएको थियो। हालसम्म १ हजार ३ सय ६९ घरमात्रै पुनर्निर्माण सम्पन्न भएका छन्।
Related News
सम्बन्धित समाचार
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
तिब्बती शरणार्थीसँग त्रसित चीन
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
स्थानीयका कर्मचारी पनि आन्दोलित
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०