पोखरा, २४ पुस। गण्डकी अटो मेकानिक्स वक्र्स एशोसिएसनमा सानुमान जलारी अध्यक्षमा चयन भएका छन्।
एशोसिएसनको सम्पन्न २७ औं साधारणसभा एवं १३ औं अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
कार्यसमिति वरिष्ठ उपाध्यक्षमा किरण कपाली, उपाध्यक्षमा सन्तोषकुमार मिश्र, महासचिव पुरुषोत्तम सुवेदी, कोषाध्यक्ष रत्नबहादुर थापा, सचिव योगेन्द्र राज भण्डारी र सहकोषाध्यक्ष अर्जुनप्रसाद उप्रेती चयन भए।
यस्तै, सदस्यमा छमबहादुर खत्री, हिमाल तिम्सिना, रामचन्द्र पौडेल, डेडबहादुर गुरुङ, सोमबहादुर गुरुङ, कृष्णबहादुर खाँड, विष्णुप्रसाद अधिकारी, भीमलाल पौडेल, उपसमिति संयोजकमा नवराज सुनार, ताजुदिन खान, जुद्योधन बैठा, नियाल अन्सारी, विजेन्द्र चौधरी, नरेश कुर्मी र लिलाबहादुर सुनार रहेका छन्।
निर्वाचित कार्यसमितिलाई एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुवर्णमान नकर्मी, कोषाध्यक्ष कुलबहादुर नेपाली, पूर्व अध्यक्ष चन्द्रजंग थापा, सनतकुमार भट्टराई, निर्वाचन संयोजक माधवराज बास्तोला, प्रेस सल्लाहकार कृष्ण थापाले पदस्थापन तथा सम्मान गरेका थिए।निर्वाचन संयोजक माधव बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समिति सदस्य सूर्यप्रसाद ढकाल, नवनिर्वाचित अध्यक्ष जलारी, कार्यालय सचिव पार्वती बराल लगायतले धारणा राखेका थिए।
साधारणसभाले प्रस्तावित व्यवस्थित अटोल्याण्ड निर्माणका लागि विशेष समितिमार्फत सम्बन्धित निकायसँग सहकार्य गदै अघि बढ्ने निर्णय गरेको छ।
Related News
सम्बन्धित समाचार
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
प्रभावकारी बन्दै ओएसटी कार्यक्रम
hero news full width
मुख्य समाचार
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९