लगानीमैत्री वातावरण बनाउँछौं : मन्त्री लम्साल

आदर्श समाज सम्वाददाता
पौष १९, २०७५
IMG_1630_Fotor

पोखरा, १८ पुस।गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सरकारले उद्योग नीति तयार गर्न लागिरहेकोले त्यसमा सबैका आवाजलाई समेट्ने प्रतिबद्धता जनाएका छन्।

मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गदै उनले नीति निर्माण प्रक्रियामा मुद्रण संघलाई पनि सहभागी गराउने बताएका छन्। मुद्रण सञ्चालकहरुले अस्वस्थ प्रतिस्पर्धा गरेका कारण कमिसन प्रणाली हावी भएको उनको भनाइ छ।

‘तपाईंहरु पनि काम हात पार्न कमिसन लोभ देखाउनुहुन्छ। कर्मचारीहरु नफस्ने कुरै भएन,’ उनले भने, ‘भ्रष्टाचार र कमिसन बन्द गराउन तपाईंहरुको पनि साथ चाहिन्छ। प्रतिश्पर्धा स्वस्थ खालको गर्नुस्’

बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउँदा व्यवसायीलाई समस्या भएकोप्रति उनले छिट्टै एउटा निकास निकाल्ने बताएका छन् । कार्यक्रममा नेपाल मुद्रण उद्योग संघका केन्द्रिय अध्यक्ष पुस्कल गौतमले व्यवसायीलाई सहज रुपमा काम गने वातावरण नभएको गुनासो गरे। उनले अझै पनि छपाईका नाममा अबौ रुपैयाँ देशबाहिर गएको भन्दै त्यसलाई रोक्न सरकार सचेत हुनुर्ने सुझाव दिए ।

निवर्तमान अध्यक्ष माधव केसीले मुद्रण व्यवसायीको मुद्दा साझा भएकोले सबै मिलेर समाधान गर्नुर्ने बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष खुमकान्त रेग्मी, स्वतन्त्र पत्रकार संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, गण्डकी प्रदेशका उपाध्यक्ष देवीप्रसाद अर्याल, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, मुद्रण संघ प्रदेश ५ का उपाध्यक्ष विष्णु तिवारी, संघका केन्द्रिय महासचिव युवराज श्रेष्ठ, सचिव अरुण सापकोटा, केन्द्रीय सदस्य अर्जुन सापकोटा, शैक्षिक तथा मसलन्द उद्योग संघ गण्डकीका अध्यक्ष कृष्णराज ढुंगाना, क्यान कास्कीका अध्यक्ष युवराज पौडेल, मुद्रण संघ स्याङ्जाका खगेन्द्र अर्याल लगायतले बोलेका थिए ।

मुद्रण संघ कास्कीका अध्यक्ष पदमलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव जीवन गोर्खाली र स्वागत प्रथम उपाध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण) ले गरेका थिए ।

सोही अवसरमा अध्यक्षको वार्षिक प्रतिवेदन र भावी कार्ययोजनासहित सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्ष वसन्त बास्तोलाको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ।

मुद्रण महासंघ गण्डकीमा बजिमय

नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश अध्यक्षमा महेन्द्र बजिमय निर्वाचित भएका छन् । बुधबार भएको पहिलो अधिवेशन तथा कास्कीको नवौं साधारणसभाले बजिमयको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा खगेन्द्रप्रसाद अर्याल, द्वितीय उपाध्यक्ष रामराज गुरुङ, सचिव वसन्त बास्तोला, सहसचिव भीम रसाइली, कोषाध्यक्ष विष्णुबहादुर अधिकारी र सहकोषाध्यक्ष सुदर्शन रेग्मी छन् ।

सदस्यमा श्रीधर कँडेल (बागलुङ), विष्णुप्रसाद वाग्ले (तनहूँ), श्रीराम सिग्देल (नवलपुर), गीता खनाल (कास्की), कोपिला श्रेष्ठ (कास्की), पुनम श्रेष्ठ गुरुङ (कास्की), मनोहर दाहाल (कास्की), सूर्य पौडेल (कास्की), इन्द्रवीर कार्की (कास्की), केशव श्रेष्ठ (गोरखा) र राजन श्रेष्ठ (पर्वत) छन् । एकजना सदस्य पछि थप गरिने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई प्रजातान्त्रिक विचार समाजले आज राष्ट्रपति पदमा निर्वाचित हुनुभएको बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ…
  • रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने…
  • न्यायिक समितिबीच अनुभव साटासाट

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा । पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समितिबीच अनुभव आदानप्रदान गरिएको छ । घोराहीका उपप्रमुख हुमकुमारी डिसीको नेतृत्वमा आएको…
  • ‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा । स्याङ्जाको गल्याङ नगरपालिका आलु र सुन्तला र दूधजन्य वस्तुमा आत्मनिर्भर भएको र गल्याङ नगरपालिकाभित्र उत्पादित वस्तुको बजारीकरणमा कुनै…
  • जिसस महासंघ गण्डकीको सपथ

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । जिल्ला समन्वय समिति महासंघको चौथो राष्ट्रिय परिषद बैठकबाट निर्वाचित गण्डकीका पदाधिकारी तथा सदस्यको सपथ ग्रहण आइतबार भएको छ…

hero news full width