पेट्रोलियम पदार्थको मूल्य घट्यो

Avatar आदर्श समाज सम्वाददाता
पौष १९, २०७५

काठमाडौँ, १८ पुस । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ।

समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय ८, डिजेल र मट्टीतेल प्रतिलिटर ९५ रुपैयाँ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर १ सय १०, डिजेल र मट्टीतेल प्रतिलिटर ९७ कायम रहेको थियो।

नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनःकमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएका कारण मूल्य घटाइएको हो। हवाई इन्धन र एलपी ग्यासमा मूल्य यथावत राखिएको छ। रासस

हाम्रो सुझाव

कृषि क्षेत्रमा सघाउन इजरायल तयार– राजदूत ओमर

प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण

अपाङ्गता भएका व्यक्तिहरु हामी जस्तै हुन

नाई संघ कास्कीको जिल्ला परिषद् सम्पन्न

खपौंदी सराङकोट सडक स्तरोन्नति

प्रमुख समाचार

दुई परिवारका नौ जनाको विभत्स हत्या

थप प्रमुख समाचार

वालिङमा बजार अनुगमन

प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण