समायोजनका लागि २६ हजार आवेदन

Avatar आदर्श समाज सम्वाददाता
पौष १९, २०७५

काठमाडौँ, १८ पुस । कर्मचारी समायोजनका लागि २६ हजार १ सय ३० जना कर्मचारी अनलाइन प्रणालीमा नाम दर्ता गराएका छन् ।

पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइन फारममा २६ हजार १ सय ३० जनाले नाम दर्ता गराएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिए । उनका अनुसार तीमध्ये १९ हजार ८ सय ६८ जना समायोजन रोज्नका लागि तयार र छ हजार २ सय ६२ जनाले समायोजनका लागि फारमसमेत भरिसकेका छन् । यही पुस मसान्तभित्र संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अध्यादेश–२०७५ ल्याउँदै समायोजनको कार्य शुरु गरेको छ ।

सरकारले पुस ११ गते २१ दिनभित्र समायोजनमा जानका लागि कर्मचारीलाई अनलाइन आवेदन माग गरेको छ । समायोजनका लागि फारम भर्नका लागि सरकारले सबै मन्त्रालय, निकाय, आयोग, समिति र स्थानीय तहमा ‘सहयोगी कक्ष’ सञ्चालन गरेको छ । आवेदन दिएकामध्ये आध्यदेशअनुसार योग्य भएका कर्मचारीलाई छनोटमार्फत समायोजन गरिने उपसचिव निरौलाले बताए।

हाम्रो सुझाव

हिउँ पन्छाउन नेताहरू बीच होड

२३ जना किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण

सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड

अवैध रुपमा वस्ने विदेशीप्रति निगरानी वढाइने

प्रमुख समाचार

हिउँ पन्छाउन नेताहरू बीच होड

थप प्रमुख समाचार

हिउँ पन्छाउन नेताहरू बीच होड

सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड