साहित्यकार र पत्रकार वसन्त सम्मानित

आदर्श समाज सम्वाददाता
पौष १६, २०७५
sahityakar and patrakar

लेखनाथ, १५ पुस। पोखरामा आइतवार भएको एउटै कार्यर्क्रममा साहित्यकार वसन्तकुमार शर्मा र पत्रकार वसन्तराज अधिकारी सम्मानित भएका छन् ।

कवि शिरोमणि लेखनाथ पौडेलको १३५ औं जन्मजयन्तीका अवसरमा ५० हजार राशीको लेखनाथ साहित्य पुरस्कारबाट वरिष्ठ साहित्यकार वसन्तकुमार शर्मा नेपाललाई सम्मान गरिएको थियो। विगत सात दशकदेखि नेपाली भाषा साहित्यमा योगदान पुर्याएकोमा उनी अस्वस्थताका कारण छोरा विनय नेपाललाई उक्त पुरस्कार प्रदान गरिएको हो।

यसैगरी, लेखनाथ पत्रकार मञ्चले स्थापना गरेको लेखनाथ पत्रकारिता पुरस्कार २०७५ बाट कान्तिपुर टेलिभिजनका गण्डकी ब्युरो प्रमुख बसन्तराज अधिकारी सम्मानित भएका हुन्। १२ वर्षदेखि पत्रकारिताको क्षेत्रमा अनवरत रुपमा क्रियाशिल अधिकारीले समग्र कास्की जिल्लाको आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नगद ११ हजार १ सय ११ र सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कविको जन्मस्थल अर्घौ अर्चलेमा आइतवार भएको जन्मजयन्ती कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य खगराज अधिकारी, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय र कवि शिरोमणि जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले संयुक्त रुपमा उक्त पुरस्कार अर्पण गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width