विजयपुरमा स्वास्थ्य शिविर

Avatar आदर्श समाज सम्वाददाता
पौष १५, २०७५

पोखरा, १४ पुस । पोखरा २६, विजयपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायको स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका विद्यार्थीले विजयपुरको भवानीचोक सामुदायिक भवनमा बिरामीको स्वास्थ्य परीक्षण गरेका हुन् ।

शिविरमा १ सय ८० जनाले स्वास्थ्य जाँच गराएका थिए ।

शिविरमा पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह हुने बताए । शिविरको संयोजन विश्वविद्यालयकै विद्यार्थी विकास रानाभाटले गरेका थिए ।

हाम्रो सुझाव

सेवाग्राहीलाई सजिलो सहायता कक्ष

शिशु निकेतनमा उत्प्रेरणा तालिम

दलित मानसिकता तोड

प्रमुख समाचार

भारतको गुजरात स्थित ट्युसन सेन्टरमा आगलागी हुँदा २० विद्यार्थीको मृत्यु