मेरो नेपाल युवा क्लबमा दिवस

आदर्श समाज सम्वाददाता
पौष १५, २०७५
mero nepal

पोखरा, १४ पुस । मेरो नेपाल युवा क्लब, पोखरा–१४ को अध्यक्षमा दिवस कुँवर चयन भएका छन्। क्लबको शनिबार सम्पन्न १० औं अधिवेशनबाट कुँवरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमित सर्वसम्मत चयन भएको हो।

कार्यसमिति उपाध्यक्षमा एकेन्द्र कुँवर, सचिव कमलराज ढुंगाना, कोषाध्यक्ष विकास कार्की र सहसचिवमा कर्णबहादुर गुरुङ चयन भए। सदस्यमा भरतबहादुर भण्डारी, अशोक खाती, महेन्द्र कुँवर, सुमन कार्की, अमृत कार्की, सविना क्षेत्री, निशान कार्की र तनुजा सिके छन्।

नवनिर्वाचित अध्यक्ष कुँवरले समाजले अपेक्षा गरेअनुरुप क्लबलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरे।

यसअघि कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि क्लबका पूर्व अध्यक्ष समेत रहेका पोखरा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले क्लबले विभिन्न रचनात्मक क्रियाकलापमा जोड दिनुपर्ने सुझाव दिए।

क्लब अध्यक्ष हरि जिसीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष एवं सल्लाहकार राजुकुमार थापा, सल्लाहकार इ. महेश कार्की, समाजसेवी बलबहादुर सेन्चुरी, मनोहर युवा क्लबका अध्यक्ष रामजी जिसी, पूर्व अध्यक्ष एवं कानुनी सल्लाहकार बोधराज बराल, खेलकुद तथा शिक्षाप्रेमी पदमबहादुर कार्की लगायतले बोलेको पृथ्वी कुँवरले जनाए।

कार्यक्रममा स्वागत क्लब सदस्य कर्णबहादुर गुरुङ र संचालन कमलराज ढुंगानाले गरेका थिए।

बोधराज बराल निर्वाचन संयोजक रहेको समिति सदस्यमा मधुराप्रसाद पौडेल र राजुकुमार थापा थिए।

Related News

सम्बन्धित समाचार

hero news full width