हेमजामा अस्थायी प्रहरी बिट उद्घाटन

मदिरा बिक्रीमा कडाइ आवश्यक : कास्की प्रहरी प्रमुख

आदर्श समाज सम्वाददाता
पौष १३, २०७५
police hemja photo

हेमजा, १२ पुस। पोखरा–२५, हेमजामा बिहीवार अस्थायी प्रहरी बिट उद्घाटन गरिएको छ। कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बिट उद्घाटन गरेका हुन्। सो अवसरमा नागरिक सुनुवाइ समेत भयो।

कार्यक्रममा प्रहरी प्रमुख रानाले अपराध हुनुमा ८० प्रतिशत मदिरा सेवनका कारणले रहेको जनाउँदै मदिरा सेवन र त्यसको बिक्रीवितरण पनि कडाइसाथ सिस्टममा ल्याउनुपर्नेमा जोड दिए। उनले खराब पक्षलाई नियन्त्रणमा लिन नागरिकसँग पनि अधिकार रहेको छ भन्दै प्रहरी र नागरिकको समन्वयबाटै मात्रै समाज सु–व्यवस्थित हुने बताए।

‘हेमजामा भीडभाड बढ्दो छ, बसाइँसराइ गरी स्थायीरुपमा आउनेको क्रम पनि बढ्दो नै छ, तिनै नागरिकको सुरक्षार्थ बिट स्थापना गर्नुपरेको हो, उनले भने।

कानूनभन्दा माथि कोही छैन भन्दै प्रहरी उपरीक्षक रानाले सबै नागरिकलाई सचेत बन्न सुझाव पनि दिए। ‘अब हेमजाका मुख्य चोकहरुमा सिसी क्यामेरा पनि राख्नुपर्दछ, यातायात सुरक्षालाई पनि कडाइसाथ पालना गर्नुपर्दछ, हेराउने चराउनेलाई पनि सचेत पार्नुपर्दछ,’ उनले भने।

उनले कही कतै घटना घटे तत्काल प्रहरीको टोल फ्रि नम्बर १०० मा खबर गर्न सुझाव पनि दिए। आजका बच्चाहरुले मोवाइलको दुरुपयोग गरेका छन्, जसबाट प्रत्येक अभिभावक सचेत हुन आवश्यक रहेको उनको भनाइ छ।

उनले माछापुच्छे« गाउँपालिकाको नयाँपुलमा पनि प्रहरी चौकी स्थापना तयारी भइरहेको जानकारी दिए। हेमजाको चौकीमा ३ जना नेपाल प्रहरी, ३ जना सामुदायिक प्रहरी, १ जना ट्राफिक प्रहरी गरी कुल ७ जना रहने तथा त्यस चौकीले हेमजा र पुरुञ्चौर क्षेत्रमा शान्तिसुरक्षा दिने छन्।

पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले हेमजामा प्रहरी चौकी आवश्यक छ भनेर आफूले २५ वर्ष अघिदेखि भन्दै आएको स्मरण गर्दै हेमजाका नागरिकको सुरक्षार्थ चौकी फलदायी बन्ने विश्वास व्यक्त गरे। ‘हेमजाको मिलनचोक क्षेत्रमा धेरै वित्तीय संस्था खुलेका छन्, तिनको सुरक्षाका लागि पनि प्रहरी आवश्यक थियो, बल्ल आज त्यो पूरा भयो,’ वडाध्यक्ष तिम्सिनाले भने।

कार्यक्रममा वडा प्रहरी कार्यालय, बगर प्रमुख प्रहरी निरीक्षक दीपक थापाले प्रहरी र नागरिकलाई एक सिक्काका दुई पाटासँग तुलना गर्दै समुदाय प्रहरी साझेदारीबाट मात्रै समाजमा शान्तिसुरक्षा दिन सकिने जनाए। सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष सोमनाथ बास्तोलाले नागरिक सचेत भएमात्रै समाज समृद्घ बन्ने बताए।

कार्यक्रममा हेमजाका स्थानीय धर्मराज बास्तोला, दयाराम बास्तोला, सिर्जना सापकोटा, इन्द्रप्रसाद त्रिपाठी, पोषराज पौडेल, गोपाल गिरी, देवीप्रसाद अधिकारी, अम्बरबहादुर कुँवर, गंगा अधिकारी, मधुसुदन त्रिपाठी, नीलकण्ठ पौडेल, जगन्नाथ त्रिपाठी, तुलाराम पौडेल लगायतले विभिन्न जिज्ञासा राखेका थिए। उनीहरुले प्रहरीले हेमजा क्षेत्रमा हेराउने, चराउने कार्य नियन्त्रण गर्नुपर्ने, छाडा पशुको व्यवस्थापनमा ध्यान दिनुपर्ने, गाँजा, चोरीशिकार नियन्त्रणमा पहल गर्नुपर्ने, महानगर भए बराबरको सुरक्षा दिनुपर्ने लगायतका सुझाव दिएका छन्।

‘हर प्रहर नगरीः टोलटोलमा नेपाल प्रहरी’ मूलनाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बिट स्थापना गरिएको हो। जिल्ला प्रहरी कार्यालय, कास्की तथा सामुदायिक सेवा केन्द्र, हेमजाको आयोजनामा भएको उक्त कार्यक्रममा पोखरा २५ वडा कार्यालयले सहयोग गरेको थियो।

सामुदायिक सेवा केन्द्र हेमजाका अध्यक्ष विष्णु बास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सेवा केन्द्रका उपाध्यक्ष घनश्याम तिमिल्सिनाले स्वागत र प्रहरी नायव निरीक्षक होतबहादुर रोकाहाले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अबदेखि फरकफरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरीले लामो समय लगाएर खिचेको…
  • सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संघसंस्थासँग छलफल तथा अन्तरक्रिया गरेको छ…
  • अनुगमनमा ३ पसललाई कारबाही

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लमजुङ । जिल्ला सदरमुकाम बेंशीसहरमा मापदण्डविपरीत सञ्चालित ३ पसल कारबाहीमा परेका छन् । जिल्ला अनुगमन समितिले २ किराना र १…
  • भूपू सैनिक सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    हेमजा । पोखरा २५, हेमजास्थित भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भयो ।…
  • लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लेखनाथ । लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्ष विष्णुप्रसाद लमिछाने चयन भएका छन् । संस्थाको बुधबार सम्पन्न १०औं साधारण सभा…

hero news full width