स्याङ्जा, ११ पुस। नेपाली काँग्रेस स्याङ्जाका नेता क्रान्तिनायक शिवकुमार अधिकारीको ८९ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ। पुतलीबजार नगरपालिका १०, राङ्खोला निवासी पञ्चायती शासनविरुद्ध रगतले हस्ताक्षर गर्ने र बम काण्डका एक योद्धालाई बुधवार स्याङ्जाले गुमाएको हो।
५÷७ महिनादेखि व्रेन टूयुमरबाट पिडित अधिकारीको जन्मघरमा ल्याउनेक्रममा बाटोमै निधन भएको हो। उनको काठमाडौं लगायत भारतका अस्पतालमा उपचार भएको थियो।
२०१७ सालको राजनीतिक कू पछि नेपाली काँग्रेसप्रति आबद्ध भई राजनीतिक यात्रा शुरु गरेका अधिकारी नेपाली काँग्रेस जिल्ला सदस्य, सचिव, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बनेर काँग्रेसको संगठन सुदृढीकरणमा निरन्तर लागे। काँग्रेसले आव्हान गरेको सशस्त्र आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्रममा २०३१ साल साउन ४ गतेको बमकाण्डका क्रान्तिकारी योद्धा अधिकारी हातहतियार सहित पक्राउ परेका हुन्।
उनी २०४९ सालमा सम्पन्न भएको स्थानीय निकायको निर्वाचनबाट जिल्ला विकास समिति स्याङ्जाको सभापतिमा निर्वाचित भएका थिए। नेपाली काँग्रेसतर्फबाट निर्वाचित अधिकारी स्याङ्जा जिविसका पहिलो सभापति हुन्। अंग्रेजी भाषा शिक्षक, प्रिन्सिपल हुँदै विभिन्न सामाजिक सेवामा समेत आवद्ध थिए।
अधिकारीको पार्थीव शरीरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य धनराज गुरुङ, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्याल, प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासीनी, गण्डकी प्रदेश सदस्य भागवतप्रकाश मल्ल, मेखलाल श्रेष्ठ, मोहनप्रसाद रेग्मी, नेपाली काँग्रेसका जिल्ला सचिव कुमार राना लगायतले पुष्पगुच्छा चढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए।
अधिकारीका २ श्रीमती, ३ छोरा र एक छोरी छन् । उनको मंगलबार नै हिन्दूहरुको पवित्र तीर्थस्थल रामनदीधाममा अन्त्येष्टी गरिएको छ।
यसैबीच, नेपाली काँग्रेस स्याङ्जाले प्रेस विज्ञप्ति मार्फत अधिकारीको निधनले काँग्रेस पार्टीलाई अपुरणीय क्षति पुगेको जनाउँदै पार्टीका सल्लाहकार, बौद्धिक एवं कर्तब्यनिष्ट कार्यकर्ता गुमाएको जनाएको छ। साथै, पार्टीको जिल्ला कार्यालय ३ दिनसम्म बन्द गर्ने, पार्टीको झण्डा १३ दिनसम्म आधा झुकाउने र पार्टी कार्यालय स्याङ्जामा शोकपुस्तिका राख्ने निर्णय गरेको प्रवक्ता इन्द्रबहादुर गोदारले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
हिमालबाट ३५ टन फोहोर निकाल्ने लक्ष्य
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
hero news full width
मुख्य समाचार
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९