हेमजा, ५ पुस।अन्नपूर्ण गाउँपालिका-६, लुम्ले, चन्द्रकोटस्थित संगम माविको ४७ औं वाषिर्कोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह बुधवार सम्पन्न भयो।
प्रमुख अतिथि गाउँपालिकाका गाउँ शिक्षा अधिकारी बलराम भुगाईले विद्यार्थी संख्या कम हुँदैमा विद्यालय मर्ज नहुने जनाउँदै मर्जका लागि कम विद्यार्थी भएको र दुर्इ विद्यालयबीच भौगोलिक निकटता हुनुपर्ने बताए।उनले विद्यालयमा कक्षा ११ र १२ स्थापना गरी प्राविधिक शिक्षाको पठनपाठन गराउनुपर्ने आवश्यकता पनि औँल्याए।
वडाध्यक्ष चित्रबहादुर गुरुङले विद्यालयको शैक्षिक सफलताको कामना गर्दै विद्यालय मोदी जलविद्युत्को प्रभावित क्षेत्रमा परेकाले ३ लाख बजेट निकासा भएको जानकारी दिर्दै सोबाट विद्यालय हाता कम्पाउण्ड गर्नुपर्ने जनाए।
सो अवसरमा विद्यालयका आर्थिक समिति संयोजक लक्ष्मण देवकोटा, भूपू शिक्षक एकदेव देवकोटा र भक्तिराम देवकोटा, सिद्घ आधारभूत विद्यालयका प्रधानाध्यापक टंकप्रसाद देवकोटा, फ्यूचर स्टार बोर्र्डि स्कूलका प्रधानाध्यापक शोभा गुरुङ, कक्षा ९ की छात्रा अञ्जु देवकोटा लगायतले पनि भनाइ राखेका थिए।
कार्यक्रमबीच विद्यालय प्रधानाध्यापक हरिमान गुरुङले विद्यालयको समग्र अवस्था समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए।उनले आफूले आर्थिक पारदर्शिता, सामाजिक उत्तरदायित्व, जवाफदेहिता र शैक्षिक गुणस्तरमा मात्र विश्वास गर्ने पनि जनाए।
प्रधानाध्यापक गुरुङले एसर्इइमा सामाजिक शिक्षा विषयमा बढी ग्रेड ल्याउने विद्यार्थीलाई लक्षित गर्दै आफ्ना बुबा ह.लालकाजी गुरुङ र आमा पियारी गुरुङको स्मृतिमा ५० हजार ५ सय ५५ रुपैयाँको अक्षयकोश घोषणा पनि गरेका छन्।
वाषिर्कोत्सवकै अवसरमा वडाध्यक्ष चित्रबहादुर गुरुङबाट विज्ञान प्रयोगशाला, गाउँ शिक्षा अधिकारी बलराम भुगाईबाट पुस्ताकालय, स्रोतव्यक्ति कृष्णबहादुर थापाबाट कम्प्युटर ल्यावको उद्घाटन समेत भयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक अभिमन्यू पोखरेलले स्वागत तथा संचालन शिक्षक शालिकराम अधिकारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
असार २६ गते सार्वजनिक बिदा
अर्थमन्त्री शर्माले दिए राजिनामा
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९