बास्तोलाको योगदानको स्मृति

Avatar आदर्श समाज सम्वाददाता
पौष ६, २०७५

पोखरा, ५ पुस । नेपाली काँग्रेसका पूर्व वडा सभापति रामप्रसाद बास्तोलाको १३ औं दिनको पुण्यतिथिमा विहीवार श्रद्धाञ्जली सभा सम्पन्न भयो ।

काँग्रेस पोखरा ११ का पूर्व कार्यसमिति सभापति बास्तोला सवारी दुर्घटनामा परी घाइते भएकोमा उपचार क्रममा गत मंसिर २२ गते ६८ वर्षको उमेरमा स्वर्गारोहण भएको हो ।

प्रमुख अतिथि काँग्रेस आमन्त्रित सदस्य कुमार खड्काले निष्ठावान कार्यकर्ता गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे ।

त्यसैगरी प्रदेश सांसद बिन्दुकुमार थापा, क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला मधु, वडा सदस्य तीर्थ कुमारी गुरुङ, उच्च अदालत पर्सा न्यायाधीश बलभद्र बास्तोला र परिवारतर्फबाट टुवराज बास्तोला ‘विशाल’ लगायतले स्व. बास्तोलाको योगदानको स्मरण गरेका थिए। कार्यसमिति सभापति मोहनप्रसाद बास्तोलाको अध्यक्षतामा भएको शोकसभाको संचालन सचिव वसन्तराज कोइरालाले गरेका थिए ।

हाम्रो सुझाव

महानगर होर्डिङ बोर्ड हटाउँदै

प्रमुख समाचार

महानगर होर्डिङ बोर्ड हटाउँदै

थप प्रमुख समाचार

महानगर होर्डिङ बोर्ड हटाउँदै

पाइलट सहित दुई घाइते