पोखरा, ४ पुस । आफ्नो क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) खारेजी माग गर्दै अन्नपूर्ण गाउँपालिकाका युवाले वीरेठाँटी चेकपोष्टमा पुनः तालाबन्दी गरेका छन् ।
बुधबार गाउँपालिकाका ६, ७, ८, ९, १० र ११ नम्बर वडाका युवाले चेकपोष्टमा तालाबन्दी गरेका हुन् ।
नेपालीलाई मनपरी प्रवेश शुल्क लिएको गुनासो गर्दै दुर्इ साताअघि सोही ठाउँमा स्थानीयले तालाबन्दी गरेका थिए । पछि दुर्इपक्षीय वार्तामा सहमति भएको भन्दै ताला खुलेको थियो । तर युवाले सीमित व्यक्तिले गरेको सहमति नमान्ने भन्दै पुनः तालाबन्दी गरेका हुन् ।
स्थानीय अतित गुरुङले संघर्ष समितिका सीमित ब्यक्तिसँग भएको सहमति स्थानीयको हितमा नभएकोले पुनः तालाबन्दी गरिएको बताए । ‘पहिले गाउँले बटुलेर तालाबन्दी गर्ने । खोल्ने बेलामा चाहीँ २ जना मान्छे बसेर सहमति गर्ने,’ उनले भने, ‘यो सहमति हामीलाई मान्य छैन । सबैको अगाडि बसेर यसबारे सार्वजनिक रुपमै छलफल हुनुपर्छ ।’
अर्का स्थानीय विष्णु गुरुङले पनि एक्याप खारेजीको माग सहित तालाबन्दी गरिएको उनले बताए ।
‘एक्यापका कारण स्थानीयलाई निकै सास्ती भएको छ ।
हाम्रो ठाउँबाट पैसा उठाएर हाकिम मोटाउँछन्, गाउँलेलाई केही न केही,’ उनले भने, ‘आफ्नै बारीमा घाँस काट्न पनि पुर्जी लिनुपर्ने ? आफ्ना पाहुना बोलाउँदा पनि एक्यापलाई प्रवेश शुल्क तिर्नुपर्ने ?’
यसअघि एक्यापको विरुद्ध संघर्ष समिति गठन गरेर आन्दोलन भएको थियो । शनिबार वार्तापछि आइतबार खुलेकोमा बुधबार पुनः तालाबन्दी भएको हो ।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९