लेखनाथ, ३ पुस । ‘महोत्सव लेखनाथको संस्कृति : स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ विहीवारदेखि १५ औं संस्करणको लेखनाथ महोत्सव हुँदैछ ।
लेखनाथ उद्योग वाणिय संघको आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा पुस ५ देखि १६ गतेसम्म लेखनाथमा हुने सो महोत्सवको आवश्यक तयारी पूरा भएको मंगलबार महोत्सवस्थलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
सुन्तला महोत्सवबाट शुरु लेखनाथ महोत्सवले यस वर्ष फरक र भिन्नशैलीबाट गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृषि र पर्यटन विकासमा टेवा पुर्याउँदै एउटै थलोमा उत्पादकदेखि उपाभोक्तासम्म जमघट गराउने र उत्पादकत्व वृद्धि गर्दै बजारीकरणमा सहयोग पुग्ने उद्देश्य राखेको जनाइएको छ ।
करिब ५० रोपनी क्षेत्रफलको महोत्सवस्थलमा कृषि, औद्योगिक उत्पादन, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि, फुड एण्ड वेभरेज, घरेलु हस्तकला, बैंक तथा वित्तीय संस्था लगायका करिव ३ सय ५० स्टल राखिने संघ अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिए ।
प्रचारप्रसार संयोजक गोपिचन्द्र बास्तोलाले महोत्सव करिब ३ लाख दर्शकले अवलोकन गर्ने र करिव १५ देखि २० करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा आयोजकले गरेको बताए ।
महोत्वबाट करिब १ करोड २५ लाख आम्दानी हुने र बचत रकम महोत्सवस्थल परिसरमा कृषि उपज खरिद बिक्री केन्द्र निर्माण, प्रदर्शनीस्थलको स्तरोन्नति र अन्य सामाजिक क्षेत्रमा खर्च गरिने जनाइएको छ ।
महोत्सवका आकर्षणमा कविशिरोमणि लेखनाथ पौडेलको सम्मानमा देशव्यापी खुला कविता प्रतियोगिता, गायन विधाको गण्डकी तारा, कलाकारको दैनिक प्रस्तुति, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी, रत्यौली गीत प्रतियोगिता, पप कर्न्र्सट, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायत रहनेछन् । संघ अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रथम उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव भरतकुमार अधिकारी, प्रचारप्रसार संयोजक गोपिचन्द्र बास्तोला र पत्रकार महासंघ कास्की शाखा सचिव रामप्रसाद तिमल्सेना लगायतले महोत्सव सफल पार्न सबैको साथ र सहयोगको आवश्यक रहेकोमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन
सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा
अनुगमनमा ३ पसललाई कारबाही
भूपू सैनिक सहकारीको सभा
लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
असाेज १३, २०८०सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
असाेज १२, २०८०प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
असाेज १२, २०८०गण्डकीमा बिमाको पहुँच निकै कम
असाेज १२, २०८०पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
असाेज १२, २०८०