सुनचाँदी व्यवसायीद्वारा प्रहरीलाई साइकल

आदर्श समाज सम्वाददाता
पौष ४, २०७५
Cycle

दमौली, ३ पुस । तनहुँ सुनचाँदी व्यवसायी संघ, तनहुँले शान्ति सुरक्षा कायममा सहजहोस् भन्दै प्रहरीलाई ४ वटा साइकल प्रदान गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहनकुमार बिकले जिल्ला प्रहरी प्रमुख सिद्धविक्रम शाहलाई प्रतिसाइकल २५ हजार रुपैयाँ बराबरका ४ वटा साइकल हस्तान्तरण गरेका हुन् ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत साइकल प्रदान गरिएको संघका जिल्ला अध्यक्ष कृष्ण सुनारले जानकारी दिए ।

सो अवसरमा जिल्ला प्रहरी प्रमुख शाहले सहयोगप्रति धन्यवाद दिँदै शान्तिसुरक्षा सुव्यवस्थामा सहज हुने बताए ।

संघ जिल्ला अध्यक्ष कृष्ण सुनारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव हरि गहतराजले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width