प्रधानन्यायाधीशमा राणा सिफारिश

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७५
cholendra

काठमाडौँ, २७ मंसिर। प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणालाई सिफारिश गरिएको छ। सिंहदरबारमा विहीवार बसेको संवैधानिक परिषद्को बैठकले राणालाई सर्वसम्मतबाट सिफारिश गरेको परिषद्का सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिल्मिसिनाले जानकारी दिए।

न्याय परिषद्को बैठकले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र राणालाई सिफारिश गरेको थियो। परिषद्ले सिफारिश गरेपछि राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ अनुसार नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। जोशी केही समयअघि संसदीय सुनुवाइमा असफल भए पनि पुनः सिफारिशमा परेका थिए।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस तेस्रो सातादेखि उमेर हदका कारण अनिवार्य अवकाश लिँदै छन्।

Related News

सम्बन्धित समाचार

hero news full width