स्वतन्त्रको आधारभूत पत्रकारिता तालिम शुरु

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७५
talim_Fotor

लमजुङ, २७ मंसिर। स्वतन्त्र पत्रकार संघ नेपाल लमजुङको आयोजनामा वेशीशहरमा आधारभूत पत्रकारिता तालिम शुरु भएको छ।

संविधानसभा सदस्य जमिन्द्रमान घलेले तालिम उद्घाटन गर्दै पत्रकारको क्षमता वृद्धिका लागि तालिम उपयोगी हुने बताए। उनले सिक्नका लागि उमेरले नछेक्ने र सिक्ने कुरा कहिल्यै नसिद्धिने उल्लेख गरे।

नेपाल पत्रकार महासंघ लमजुङ अध्यक्ष आश गुरुङले पत्रकारिता सहज विषय नभएको भन्दै नवप्रवेशीलाई पत्रकारिताको धर्म र मर्म बुझेर पेशामा क्रियाशील रहन सुझाव दिए। उनले समाचार आफ्ना लागि नभई आमपाठक र स्रोताका लागि लेख्नेबारे सचेत हुनुपर्ने बताए ।

स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय महासचिव एवम् तालिम प्रशिक्षक नवराज पहाडीले पत्रकार बन्न चाहनेहरूका लागि पत्रकारिता पेशा चुनौती र अवसर दुवै रहेको बताए।

संघ प्रशिक्षण विभाग उपप्रमुख तथा प्रशिक्षक कृष्ण आलेले तालिमलाई व्यवहार उपयोगी बनाउन आफूहरूको प्रयास रहने बताए।

तीन दिनसम्म चल्ने तालिममा प्रशिक्षक पहाडीसहित प्रशिक्षण विभाग उपप्रमुख आलेले सैद्धान्तिक र व्यवहारिक कार्यशैली अपनाई प्रशिक्षण दिनेछन्।

स्वतन्त्र पत्रकार संघ लमजुङ अध्यक्ष चन्द्रकान्त पौडेलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा कोषाध्यक्ष सुधा पहाडीले स्वागत तथा सचिव कुमार पौडेलले सञ्चालन गरेका थिए।

स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तालाको उपस्थितिमा मंसिर २९ मा तालिम समापन गरिनेछ । तालिममा लमजुङ र तनहुँ जिल्लाका गरी १७ जनाले भाग लिएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width