भुजेल भाषामा पहिलो चलचित्र

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७५
film

पोखरा, २७ मंसिर । भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित रहेर चलचित्र ‘नि-प्हुगाल’ (हामी भुजेल) निर्माण गरिएको छ । फिल्म मंसिर २९ मा पोखराको विन्ध्यवासिनी चलचित्र मन्दिरमा प्रिमियर शो हुनेछ।

भुजेल समाज सेवा समिति, केन्द्रिय समिति र भुजेल चलचित्रकर्मी संघ केन्द्रिय समितिको सक्रियतामा भकारी इभेण्टसको व्यानरमा निर्मित फिल्मले भुजेल जातिको पहिचान सहित भुजेल भेषभुषा, कलासंस्कृति सर्म्बर्द्धन एवं प्रवर्द्धन हुने विश्वास लिएको विहीवार आयोजित पत्रकार सम्मेलनमा भुजेल समाज सेवा समितिको निवर्तमान अध्यक्ष सूर्यबहादुर भुजेलले बताए ।

कृष्ण कुमार गुरुङले निर्देशन गरेको फिल्ममा ६१ जना कलाकारले अभिनय गरेका छन्।

जसमा नायक भिम भुजेल, नायिका पूजा भुजेल सहित सुरज भुजेल, मिनु भुजेल, सचिन भुजेल, कला भुजेल, कमल भुजेल, जुनुमाया भुजेल, रेशम भुजेल लगायतको मुख्य भूमिका छ । फिल्मको कार्यकारी निर्मातामा कमलबहादुर भुजेल र सह-निर्मातामा कोपिला भुजेल रहेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै निर्माता कमलबहादुर भुजेलले जनचेतनाका लागि फिल्म निर्माण गरिएको बताए। चलचित्र प्रदर्शनपछि संकलित रकम भुजेल जातिकै हितका लागि खर्चिने पनि उनले बताए।

कमल भुजेलको कथा रहेको फिल्मको छायांङ्कन तनहुँको भुजेल बस्ती आदिमुल र पोखराका विभिन्न क्षेत्रमा गरिएको छ। चलचित्रमा ३५ प्रतिशत भुजेल भाषा प्रयोग गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • गौरीशंकरमा रेडक्रस अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । पोखरा–२५, हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा मंगलबार रेडक्रस अभिमुखीकरण तथा डेंगु सचेतना भएको छ । क्याम्पसस्थित युवा रेडक्रस सर्कलको…
  • मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका ६ की ५७ वर्षीय सुकमाया दुराको मनिपाल शिक्षण अस्पतालमा सोमबार उपचारक्रममा मृत्यु भयो । श्वासप्रश्वास…
  • ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८०
    पोखरा । ब्युटीपार्लर एसोसिएसन गण्डकी, कास्की र लेखनाथको आइतबार संयुक्त रुपमा साधारणसभा भयो । आर्थिक समृद्धिका लागि सौदन्र्य पेसा आजको…
  • पोखरामा खटिए नयाँ नगर प्रहरी

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । पोखरा महानगरपालिकामा नयाँ भर्ना भएका नगर प्रहरी सोमबारदेखि कार्यक्षेत्र प्रवेश गरेका छन् । महानगरले ४८ जना नगर प्रहरीहरु…
  • नौविसे ओख्लेडाँडा टोलमा ठाकुर

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    लेखनाथ । नौविसे ओख्लेडाँडा टोल विकास संस्था पोखरा–२९ को अध्यक्षमा ठाकुरप्रसाद घिमिरे चयन भए । संस्थाको १३ औं साधारण सभा…

hero news full width