अपाङ्गता भएकालाई कोरियाको सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७५
natra him help 25_Fotor

लेखनाथ, २६ मङ्सिर। नेत्रहिन तथा शारिरिक अपाङ्गता भएका ब्यक्तिको आय आर्जनमा सहयोग पुग्नेगरी कोरियाली अपाङ्ता संस्था सिलोन सेन्टर फर द ब्लाइण्डले बाख्रापालनका लागि सहयोग गरेको छ ।

कास्कीको लेखनाथमा आयोजित एक कार्यक्रमबीच सहयोगी संस्थाका निर्देशक चोर्इ डीन सीले नेत्रहिन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदी र राष्ट्रिय शारिरिक अपाङ्ग संघ कास्कीका अध्यक्ष दामोदर रेग्मीलाई सहयोग स्वरूप रु ७ लाख ३६ हजारको चेक हस्तान्तरण गरेका हुन् ।

आपाङ्गता भएका ब्यक्तिको आय-आर्जनमा थप सहयोग पुग्नेगरी नेत्रहिन संघका २० जना र राष्ट्रिय शारिरिक अपाङ्ग संघका २० जनालाई वाख्रापालन तालिमसहित २० हजार सहोयग गरेको हो ।

कार्यक्रममा बोल्दै सहयोगी संस्थाका निर्देशक सीले आर्थिक अभावमा कोही कसैले पनि कष्टकर जीवन बिताउन नपरोस भन्दै आफनो क्षमताअनुसार स्वरोजगार बनेर सुखमय जीवन बिताउनुपर्नेमा जोड दिए ।

सोहीअवसरमा गण्डकी प्रदेशका भूमी ब्यवस्थापन, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले गण्डकी प्रदेशलाई कृषि र पर्यटनको माध्यमबाट अगाडि बढाउने लक्ष्यअनुसार अब छिट्टै सहकारी ऐन पारित गरिने बताए । सहकारीको माध्यमबाट नयाँ भुःउपयोगको नीतिमार्फत कोहीपनि बेरोजगार हुन नपर्ने गरी सरकारले काम गर्न लागेको बताए ।

उत्पादकत्व बृद्धिका लागि कृषि क्षेत्रमा लगानी बढाउँदै तरकारी र पशुजन्य उत्पादनबाट गण्डकी प्रदेशलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्नेबारे सरकार चिन्तनशील भएको बिचार राखे ।

Related News

सम्बन्धित समाचार

hero news full width