पोखरा, २५ मंसिर। वेगनासतालमा सञ्चालित श्रीमद्भागवत् विराट ज्ञानमहायज्ञमा मंगलबारसम्म ३३ लाख रुपैयाँ संकलन भएको छ।
अघिल्लो दिन एक लाख दान गरी महायज्ञमा सहभागी बमबहादुर गुरुङले उत्साहित भई फेरि दोस्रो दिन एक लाख थप गरी दुर्इ लाख पुर्याएका छन्।
यसैगरी बाबुराम रानाभाटले एक लाख एक हजार एक सय ११, मैया/गणेश अधिकारीले एक लाख, विष्णुप्रसाद तिवारीले एक लाख, लेखनाथ होटल एशोसिएसनले ६५ हजार पाँच सय ५५, जानुकादेवी लामिछाने र नरहरि सुवेदीले जनही ५५ हजार पाँच सय ५५ दान गरेका छन्।
साथै शालिकराम गौतमबाट ५१ हजार एक सय पाँच, देवीप्रसाद ढकालबाट ५० हजार पाँच सय ५०, बाबुराम गिरीबाट २० हजार एक सय ११ दान प्राप्त भएको महासचिव धु्रवनाथ अधिकारीले जानकारी दिए।
गण्डकी प्रदेश प्रहरी प्रमुख दानसिंह बोहराको प्रमुख आतिथ्य रहेको मंगलबारको कार्यक्रममा भक्तजनको उल्लेखनीय सहभागिता थियो। महायज्ञ मंसिर २९ गतेसम्म सञ्चालन हुनेछ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९