पोखरा, २४ मंसिर। लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनप्राप्त पोखरामा संचालित इन्फोम्याटिक्स कलेज पोखराका सूचना प्रविधिअन्तर्गत वीएस्सी अनर्स कम्प्युटिङका विद्यार्थी दीक्षित भएका छन्।
सो समारोहमा ६१ जना विद्यार्थीलाई दीक्षित गरिएको हो।
विश्व्ाविद्यालयका भाइस चान्सलर प्रा. डोमेनिक पाल्मर ब्राउनले दीक्षान्त समारोहमा विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए।
पोखरामा पहिलोपटक आयोजना गरिएको दीक्षान्त समारोहमा बोल्दै पाल्मरले रमणीय शहरमा आयोजना गरिएको समारोहमा दीक्षित विद्यार्थीले आफ्नो जीवनको नयाँ बाटो पहिचान गर्न सफल भएको बताए।
कलेजका अध्यक्ष एवं इनोभेट नेपाल ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले रोजगार सहितको विश्वस्तरीय शिक्षामा अब्बल रहेको बताए।
कार्यक्रममा कलेजका कार्यकारी निर्देशक अभिनव दाहाल, विश्व्ाविद्यालयका स्कुल अफ कम्प्युटिङ एन्ड डिजिटल मिडियाका एशोसिएट डिन डा भेनकेन्ट हार्गी र कलेजका प्रबन्ध निर्देशक प्रधुम्न केसीले दीक्षित विद्यार्थीलाई शुभकामना दिए।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९