हेमजा, २३ मङ्सिर।कास्कीको ठूलाखेत-ठूलाचौर-प्रेमवस्ती-भदौरे मोटरबाटोको उद्घाटन भएको छ।
बाटोको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले सो बाटोलाई साइकल ट्रयाकका रुपमा विकास गरिनुपर्ने जनाउँदै ठूलाचौरको विकासका लागि आफू सधै तयार रहेको जनाए । अध्यक्ष कुँवरले ठूलाचौरमा ‘एक घर एक धारा’ सामुहिक कृषि फार्म संचालन तथा फलफूल खेतीमा गाउँपालिका सहयोग गर्न तयार रहेको स्पष्ट पारे । उनले सामुहिक हितका कार्यहरुमा जुट्न स्थानीयसँग आग्रहसमेत गरे ।
वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले सडकलाई त्यहाँका उत्पादन बजार ल्याउने माध्ययमका रुपमा विकास गरिनुपर्ने आवश्यकता औंल्याए । उक्त सडकको उपयोगिता साइकल ट्रर्याकमै हुने बताए ।गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले विकासको मेरुदण्ड बाटो भएको भन्दै बाटोको स्तरोन्नतीसँगै गाउँलेको जीवनस्तरमा परिवर्तन आउनुपर्ने भनाई राखिन् ।
सो कार्यक्रममा वडा नं. २ का अध्यक्ष चुडामणि अधिकारी, ४ का अध्यक्ष भरतबहादुर केसी, ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङ, पोखरा २३ का अध्यक्ष विष्णुप्रसाद पराजुली, निर्माण समितिका सल्लाहकार डा. गिरीधारी दाहाल, प्राध्यापक कपिलमणि दाहाल, निर्माण समितिका पूर्व अध्यक्ष धर्मदत्त दाहाल, नेकपाका इन्चार्ज क. परिवर्तन, ठूलाचौर पोखरा विकास समाजका सचिव मनोहर दाहाल, विद्यार्थी नेता नवराज पौडेल, क्लवका अध्यक्ष विष्णुप्रसाद दाहाल, समाजसेवी महेन्द्रराज दाहाल, दिपकराज दाहाल, कलाकार जीवन दाहाल, आमा समूहकी प्रतिनिधी भगवती दाहाल समाजसेवी भानुभक्त दाहाल लगायतले आ-आफ्नो धारणा राख्दै बाटोको उपयोगिता र महत्वमाथि प्रकाश पारेका थिए ।
निर्माण समितिका अध्यक्ष सूर्य दाहालले सबै सरोकारवालाको सहयोगबाट नयाँ ट्रयाक खोलिएको भन्दै त्यसमा स्थानिय खेमराज दाहाल, भोजराज दाहाल, किशोर दाहाल, नारन दाहाल, दिपकराज दाहाल तथा बाबुराम दाहालको विशेष योगदान रहेको स्मरण गरे ।उनले सबै सहयोगी प्रति आभार समेत प्रकट गरेका छन ।
लोकदोहोरी कलाकार जीवन दाहाल, तारापति सुवेदी, सुरेन्द्र गुरुङ, माया गुरुङ, प्रदिप त्रिपाठी लगायतले विभिन्न गीतहरु प्रस्तुत गरेको उक्त कार्यक्रमका बीच सहयोगी विभिन्न संघ संस्थाका प्रतिविधि तथा व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।
बाटो निर्माण भएसँगै त्यहाँका बासिन्दाले आफुहरु विरामी हुँदा उपचारका लागि सजिलै पोखरा र्झन सक्ने, स्थानीय उत्पादनले बजार पाउने, गाडी रिर्जर्व गरेर महङगो शुल्क तिरी गाउँ जाने आफूहरुको बाध्यता टर्ने तथा छोटो समयमै गाँउबाट पोखरा र्झन सक्ने विश्वास लिएका छन् ।
हल्लनचोकदेखि भदौरेसम्म २० किलोमिटर लम्बाईको सो सडक पोखरा बाग्लुङ राजमार्गको वैकल्पिक मार्ग बन्न सक्ने अपेक्षा पनि गरिएको छ । त्यसका साथै अन्नपूर्ण गाउँपालिकाको रिङरोडको अवधारणालाई पनि सहयोग गर्ने, पञ्चासेको पर्यटन एवं धार्मिक क्षेत्रमा टेवा पुग्ने, पञ्चासे क्षेत्रमा जानलाई पोखराबाट छिटो हुने विश्वास पनि गरिएको छ । जसबाट पोखरा २३ र २४ तथा अन्नपूर्ण गाउँपालिकाका १, २, ३, ४ र ५ वडावासी प्रत्यक्ष लाभान्वित हुनेछन् । निर्माण समितिका अध्यक्ष सूर्य दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजसेवी भानुभक्त दाहालले स्वागत तथा संचालन तुलसी दाहालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कल्याण शेरचनको जन्मजयन्तीमा दोहोरी
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
बसपार्क हस्तान्तरण
महिला उद्यमीले सिकायो च्याउ खेती
आँखा शिविरमा २१५ को परीक्षण
hero news full width
मुख्य समाचार
असार सकिन लाग्यो, मलको पत्तो छैन
अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९