मेक्सिकोकी भनिसा मिस वर्ल्ड

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७५
miss world 2018 venessa

पोखरा, २२ मंसिर। मेक्सिकोकी भनिसा पोन्सले यस वर्षको मिस वर्ल्ड-२०१८ को उपाधि जितेको छ।

चीनको सान्यमा शनिवार सम्पन्न प्रतियोगितामा २६ वषिर्या मिस मेक्सिको भनिसा बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्।

उनी पेसाले मोडल हुन्।मिस वर्ल्ड-२०१७ मानुषी चिल्लर उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी हुन्। नेपालकी श्रृंखला खतिवडाको यात्रा भने टप-१२ मै टुंगियो। नेपालले यसपालि मिस मल्टिमिडिया र ब्युटी वीथ पपोर्जको उपाधि जितेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width