पोखरा, २० मंसिर।राष्ट्रिय मावि, पोखराले विहीवार स्थापनाको ७० औं वाषिर्कोत्सव मनाएको छ। विद्यार्थीको विविध सांस्कृतिक कार्यक्रम, खेलकुद प्रदर्शन तथा पुरस्कार वितरण गरेर विद्यालयले वाषिर्कोत्सव मनाएको हो।
शिक्षा विभाग मानवश्रोत निर्देशनालयका महानिर्देशक बाबुराम पौडेलले वाषिर्कोत्सव समारोह उद्घाटन गर्नुका साथै विद्यालयको नविनिर्मित भवन र पुस्तकालय समेत उद्घाटन गरे।
प्रमुख अतिथि पौडेलले विद्यालयले शैक्षिक उन्नयनका लागि गरेको प्रयासमा आफू पनि सँगै रहेको उल्लेख गरे। उनले विद्यालयले हिजोको साख, प्रतिष्ठा र गरिमा कायम राख्न राख्दै राष्ट्रमै नमूना विद्यालय बन्न आग्रह गरे।
‘राष्ट्रिय मावि, सामुदायिक विद्यालयमध्ये कुलको छोरीजस्तै हिमालको सङ्लो पानी हो,’ उनले भने, निजी स्कूलहरुलाई सामुदायिक विद्यालयहरुले गाली गर्ने होइन, बोर्र्डिङ स्कूलहरुभन्दा राम्रो बन्ने प्रयास गर्ने हो।’
उनले देशका हरेक सामुदायिक विद्यालयहरुको कक्षा कोठादेखि नै समाजवादको अभ्यास थालिनुपर्नेमा जोड दिए। हरेक विद्यालयमा खाजाको व्यवस्था सरकारले लागू गर्ने प्रयास गरेको उनले बताए। पौडेलले हाल देशको ४८ जिल्लाका विद्यालयमा खाजा व्यवस्था गरेको बताए। आगामी वर्षमा देशको ७७ वटै जिल्लामा खाजाको व्यवस्था हुने महानिर्देशक पौडेलले ग्यारेन्टी गरे।
पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले महानगरका सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्न महानरपालिका प्रयासरत रहेको उल्लेख गरे। सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न महानगरपालिकाले विविध कार्यक्रम ल्याएको आचार्यको दाबी थियो।
शिक्षाविद् विश्वकल्याण पराजुलीले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिवेणी अभ्यासले मात्र सामुदायिक विद्यालयको शैक्षिकस्तर उकासिने बताए। अभिभावकहरुले छोराछोरीमा शैक्षिक अवसरका लागि विभेद गर्न नहुनेमा पराजुलीको जोड थियो।
कार्यक्रममा शिक्षा विभाग, मानवश्रोत निर्देशनालयका निर्देशक केशरीरमण न्यौपाने र विद्यार्थी आशा तामाङ लगायतले बोलेका थिए।
पोखरा-१ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य शारदा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक प्रतिनिधि सूर्य तिवारीले स्वागत मन्तव्य र मावि नेपाली विभाग प्रमुख शिवभक्त देवकोटाले संचालन गरेका थिए।
विद्यालयकोे नवनिर्मित भवन करिब डेढ करोड र पुस्तकालय २५ लाखको लागतमा बनेको विद्यालयका सूचना अधिकृत नारायण चापागाईंले जानकारी दिए। तीनतलासहितको विद्यालय भवन १२ कोठाको छ । उनका अनुसार विद्यालयमा हाल इसिडीदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदैआएको छ।
विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा कक्षा ११ र १२ सम्मको अध्ययन अध्यापन गराइने विद्यालयमा हाल करिव २५ विद्यार्थी अध्ययनरत छन्।
पोखरा नदीपुरस्थित नारायणस्थानमा २००६ मंसिर २० गते ६० जना विद्यार्थी र ३ जना शिक्षकहरुबाट पब्लिक मिडिल स्कूल नामले राष्ट्रिय माविको जन्म भएको थियो।
Related News
सम्बन्धित समाचार
पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन
सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा
अनुगमनमा ३ पसललाई कारबाही
भूपू सैनिक सहकारीको सभा
लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
असाेज ११, २०८०मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०