कास्कीका स्वयंसेवकलाई रेडक्रसको सम्मान

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७५

पोखरा, १९ मंसिर । नेपाल रेडक्रस सोसाइटी कास्कीले जिल्लाका स्वयंसेवकलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस अवसरमा बुधवार विशेष कार्यक्रमबीच स्वयंसेवक सम्मान तथा स्वयंसेवा र वर्तमान अवस्थाविषयक कार्यक्रम गरेको हो। स्वयंसेवाको क्षेत्रमा उल्लेखनीय काम गरेका टेकनाथ बराल, आनन्दराज मुल्मी, गणेशबहादुर श्रेष्ठ, गणेशबहादुर गुरुङ, हरिश्चन्द्र शर्मा, लक्की कार्की र रामबहादुर थापा, द्रोणराज अधिकारी, भीमकुमारी ढंुगाना, शिव कोइराला, अमर तुलाचन, पदमप्रसाद पौडेललाई सम्मान गरिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धेरै वर्ष पहिलेदेखि नै स्वयंसेवा नेपाली संस्कृति रहेको उल्लेख गरे । स्वयंसेवामा रेडक्रसको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो ।

रेडक्रस केन्द्रीय कार्यालयका निर्देशक सुदर्शन अधिकारीले राष्ट्रिय योजना आयोगको स्वयंसेवा विभागको सहकार्यमा रेडक्रसले काम गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डे, उपासभापति डण्डराज शर्मा, पूर्व सभापतिद्वय गेहेन्द्रश्वर कोइराला, रघुनाथ अधिकारी, रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारी, उपमन्त्री उर्मिला खड्का, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width