लमजुङ, १६ मंसिर। सुन्दरबजार नगरपालिका-९, नयाँबजारका स्थानीय आफैले कालोपत्रे सडक निर्माण गरेका छन्। स्थानीयले आवश्यक रकम संकलन गरी सुन्दरबजार नगरपालिकाको साझेदारीमा सो सडक निर्माण गरिएको हो ।
बजारको मुख्य सडक छेउदेखि आफ्नो टोलमा ६५ मिटर लामो सडकमा कालोपत्रेको काम गरिएको सडक कालोपत्रे निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सिर्जना बराल अधिकारीले बताइन्। उनले भनिन्, ‘सुन्दरबजारस्थित हरिकुमार श्रेष्ठको घरदेखि रामकुमार श्रेष्ठको घरसम्मको बाटोमा पर्ने सडक खण्डको बाँकी रहेको ६५ मिटर बाटो पिच गरिएको हो।’
सो अवसरमा सडक कालोपत्रे गर्नुका साथै नालाको मर्मत कार्य पनि गरिएको छ। सडक खण्डको दायाँबायाँ रहेका १४ घरले फुटका हिसाबले आर्थिक सहयोग जुटाएको स्थानीय अजित अधिकारीको भनाइ छ। उनका अनुसार सो प्रयोजनका लागि प्रतिफुट ५ सय २८ रुपैयाँ दरले रकम संकलन गरिएका थियो। सो सडक पूर्वी लमजुङ जाने सडकसं’ग जोडिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद अधिकारीले बताए। उनका अनुसार पहिले सडक कच्ची थियो, पक्की नाला थिएन, बाटो बर्खामा हिलाम्य हुन्थ्यो, हिउँदमा सडक धुलाम्य हुन्थ्यो, अब त्यस्तो नहोला।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९