खास्टे र न्यूरेनी तालमा सफाइ

Avatar आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७५

लेखनाथ, १५ मंसिर । पोखरा उपत्यका बृहत् सरसफाइ अभियानको १३१ औं श्रृंखला पोखरा-२६ मा रहेको खास्टे र न्यूरेनी तालमा शनिबार सम्पन्न भएको छ। संरक्षण पर्खाइमा रहेको खास्टे र न्यूरेनी ताल किनारामा सो अभियानअन्तर्गत फोहर संकलन गरिएको हो।  खास्टे ताल बाराही मन्दिरबाट शुरु अभियान दुवै ताल किनारको फोहर संकलन गरी उचित व्यवस्थापन गरिएको जनाइएको छ।

पोखरा बृहत् सरसफाइ अभियान संयोजक रामबहादुर पौडेलले खास्टे र न्यूरेनीलाई फोहर र मानवीय अतिक्रमणबाट बचाइराख्न सचेतना अभियान आवश्यक परेको भन्दै अभियान यहाँ ल्याइएको जनाए ।

१३१ औं श्रृंखला उद्घाटन गर्दै पश्चिम पृतना विजयपुरका पृतनापति काजीबहादुर खत्रीले सबैको साथ र सहयोगले आफ्नो घर, आँगन, गाउँ टोल हुँदै सिँगो राष्ट्रलाई फोहरमुक्त बनाउन सकिने धारणा राखेका थिए।

कार्यक्रममा पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल, अभियान संयोजक रामबहादुर पौडेल, डाँडाकोनाक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक मोहनबहादुर खाँड र खास्टे न्यूरेनी ताल संरक्षण समिति अध्यक्ष हरिप्रसाद अधिकारी लगायतले सबैको साथ र सहयोगले अभियान सम्पन्न भएकोमा खुसी ब्यक्त गरेका थिए। ताल संरक्षण र सरसफाइमा स्थानीय सरोकालवालाको समेत सहभागिता चाहिने भन्दै खराने युवा क्लब र राखी चौतारी युवा क्लबको सक्रियतामा हरेक शनिवार ताल वरपर सरसफाइ अभियान संचालन गर्ने भएको छ।

Comments on खास्टे र न्यूरेनी तालमा सफाइ

हाम्रो सुझाव

महानगर होर्डिङ बोर्ड हटाउँदै

गोरखापत्र बाजेको स्मृतिमा एक लाखको अक्षयकोष

महिला उद्यमशीलमा सांसदको भत्ता

स्वर्ण विवाह उत्सवमा आश्रमलाई सहयोग

प्रमुख समाचार

मर्दी हिमाल ट्रेकिङमा गएका जापानीज नागरिकको भीरवाट खसेर मृत्यु

थप प्रमुख समाचार

वडाध्यक्ष पौडेललाई मातृशोक

४६८ भूकम्प पीडितले लिए किस्ता