पोखरा, १२ मंसिर । एबीबी टेक्नोलोजीजले नेपालका २ सय ५० कम्पनीहरुका लागि ‘एबीबी टेक्नोलोजी डे’ आयोजना सम्पन्न गरेको छ।
एबीबीले १३० वर्षईतिहास बोकेर विश्वमै पावर ग्रिड्स, एलेकट्रीफिकेसन प्रोडक्ट्स, इन्ड्रसटि्रअल अटोमेसन्, रोबोटिक्स एण्ड मोसनमा अग्रगामी भूमिका निर्वाह गरेको छ ।
उपभोग्य वस्तु, यातायात तथा भौतिक पूर्वाधारजस्ता
उद्योगअन्तर्गत नेपाली कम्पनीहरुले एबीबीका विशेषज्ञसँग विभिन्न कार्यशालामा भाग लिएका छन्।
नेपालले आफ्नो जडित उर्जा क्षमता सन् २०२७ सम्म १५ हजार मेगावाट पुर्याउने लक्ष्य कायम गरेको छ। एबीबी
टेक्नोलोजीजलाई विद्युत् प्राधिकरणका पावर सबस्टेशनमा संचारका लागि परिचालन गरिएको छ। एबीबीले विभिन्न हाइड्रो
परियोजनका निमित्त यूनिफाईड अटोमेसन सिस्टम, डिजिटल गभर्रनर्स, सीनक्रोनाईजर्स, तथा पावर म्यानेजमेन्ट सोलुशनका माध्यमद्वारा थुप्रै प्रविधिको समाधान पनि प्रदान गर्दैआएको छ।
‘नेपालसँगको एबीबीको संयोजकत्वमा लामो समयदेखि सहायक उर्जा परियोजनाको रूपमा सँगै चल्दै आएको छ। हामीले नेपालमा यस्तो बेला पहिलो पटक टेक्नोलोजी डे आयोजना गरिरहेका छौं । २ सय ५० भन्दा बढी कम्पनीहरुको सहभागिताले यो पुस्टि गर्छ कि वहाँहरु टेक्नोलोजीबारे अझै बुझन उत्सुक हुनुहुन्छ, जसले ब्यवसायमा थप योगदान पुर्याउने छ र
नेपालको लागि नवीन समाधान प्रदान गर्नेछ,’ एबीबी इन्डियाका बिक्री तथा बजार व्यवस्थापनका साथै खाता व्यवस्थापनका कन्ट्री प्रमुख कर्थिक कृष्णमुर्थीले भने ।
एबीबी टेक्नोलोजीजलाई
केही ठूला सिमेन्ट कम्पनीले अहिलेदेखि नै उपत्यकाभित्र परिचालनमा ल्याइसकेका छन्। नेपालका हाल ५३ सिमेन्ट कम्पनी, जसको वाषिर्क बिक्रीदर १० देखि १५ प्रतिशतभित्र रहेको छ। यीमध्ये कतिपय कम्पनी क्षमता वृद्धिका लागि पहल गर्दै छन्। नेपालमा हाल संचालित स्टील प्लान्ट करिब ६५ प्रतिशत क्षमता उपयोग गर्दै
आएका छन्।
‘नयाँ प्रविधिले उत्पदकत्व बढाउनुका साथै उर्जाको खपत घटाएर वातावरणमा कम प्रभाव पार्छ, त्यो नै नेपालका सिमेन्ट तथा स्टिल उद्योगका लागि प्रतिस्पर्धामा अघि लाग्ने बाटो हुने थियो,’
घोराही सिमेन्ट कार्यकारी निर्देशक सञ्जय बन्सलले भने ।
हिमाली देशको पर्यटन ब्यवसाय बढ्नेक्रममा सन् २०१६/१७ मा मात्रै हस्पिटालिटी क्षेत्रमा ६ सय बढी बढी रूम नाईट्स थपिएको छ। सन् २०२० सम्म काठमाडौं शहरमा मात्र ४ हजार रूम नाईट्स थपिने अनुमान छ । विश्वकै आँंकडा हेर्ने हो भने भवनहरुले नै ४० प्रतिशत उर्जा खपत गरेका हुन्छन्।
एबीबीले डाटा सेन्टरको पावर आवश्यकता ध्यानमा
राख्दै स्थानको अनुकुलता, सुरक्षा, लागत, तथा उर्जा बचत जस्ता कार्यमा प्राविधिक समाधानरु उपलव्ध गराउदै आएको छ।डाटा सेन्टरहरु सबै डाटा, दूर संचार तथा नयाँ स्र्टार्ट अप्सहरुका लागि प्रयोग हुनेछन्।
सिटीटेकका सीइओ साजन शर्मा भन्छन्, ‘अहिलेको यो युगमा चौथो औद्योगिक क्रान्ति चलिरहेछ।कुनै पनि प्राविधिक कम्पनी सहीरूपले सञ्चालन हुन भरपर्दो
बिजुली साथै त्यस्को सही उपयोग
धेरै महत्वपूर्ण हुन्छ।’
Related News
सम्बन्धित समाचार
पोखरामा मनाइयो अपांगता दिवस
‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’
प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान
पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर
लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०