गरिमाद्वारा विद्यालयलाई पानीटंकी

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७५
garima_Fotor

पोखरा, १० मंसिर । गरिमा विकास बैंक लि., तल्लो गगनगौंडा शाखाले पोखरा ३२, मजुवास्थित कालिका आधारभूत विद्यालयलाई स्वच्छ खानेपानी व्यवस्थापनको लागि ५ सय लिटरको पञ्चकन्या पानी टंकी सहयोग गरेको छ ।

बैंकका पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारीले सरकारले समेत उपेक्षा गर्ने गरेको सरकारी विद्यालयका विद्यार्थीले स्वच्छ पिउनेपानी व्यवस्था गर्न बैंकले पानीटंकी सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे।

उनले बैंकले ग्राहकको मन जित्न सफल भई आज विकास बैंकहरुको अग्रस्थानमा रहेको जानकारी गराए। बैंकले विद्यालयको अनुरोध अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको बैंकका तल्लो गगनगौंडा शाखा प्रमुख केशबहादुर गुरुङले जानकारी गराए।

विद्यालय प्रअ विष्णुबहादुर बस्नेतले पानीटंकी सहयोगले बैंक तथा समाजको सम्बन्ध अझ प्रगाढ भएको बताए।

कार्यक्रममा बैंकका तर्फबाट लघुवित्त विभाग प्रमुख नवीन प्याकुरेल तथा बैंकका कर्मचारीहरुको उपस्थिति थियो भने विद्यालयबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमबहादुर गुरुङ, व्यवस्थापन समिति सदस्य, अभिभावक संघका पदाधिकारी, शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो।  प्रधानकार्यालय काठमाडौं लाजिम्पाटमा रहेको बैंकले हाल देशभर ६६ वटा शाखा कार्यालय संचालित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width