हेमजा, ८ मंसिर। गौरीशंकर बहुमुखी क्याम्पस हेमजाकै गहना भएको सरोकारवालाको ठहर छ । क्याम्पसले शनिवार आयोजना गरेको क्याम्पस संचालनका चुनौती तथा समाधानविषयक अन्तरक्रियाका वक्ताहरुले त्यस्तो ठहर गरेका हुन् ।
वडाध्यक्ष शोभाकर तिम्सिनाले आफूहरुले खाईनखाई गरी क्याम्पस स्थापना गरेको स्मरण गर्दै कुनै पनि बहानामा क्याम्पस बन्द हुने परिस्थति आउन दिन नहुने औँल्याए। अध्यक्ष तिम्सिनाले विद्यार्थी संख्या कम हुँदै जानु क्याम्पसको लागि समस्या भएको जनाउँदै विद्यार्थी आकर्षणका लागि गुणस्तरीय शिक्षा हुनुपर्नेमा जोड दिए।
वडा क्याम्पसको यातायात व्यवस्थापन लगायत अन्य क्षेत्रमा सहयोग गर्न तयार रहेको जनाउँदै वडाध्यक्ष तिम्सिनाले क्याम्पस वडाको इज्जत भएकाले दाग लाग्ने काम हुन नदिन वडा चनाखो रहेको स्पष्ट पारे।
क्याम्पस संचालक समिति अध्यक्ष भुवनेश्वर शर्मा पौडेलले सबैको प्रयास क्याम्पसको स्थायित्वतर्फ हुनुपर्ने जनाए।
पूर्व अध्यक्ष रामचन्द्र त्रिपाठीले अबको समयमा शैक्षिक योजना निर्माण गरी क्याम्पस संचालन गर्नुपर्ने भन्दै समस्या समाधानका लागि विज्ञ समूह गठन गर्न सुझाव दिए। साथै प्राविधिक शिक्षातर्फ उनको जोड थियो।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका विद्यालय निरीक्षक वसन्तराज पौडेलले सरोकारवालाको समन्वयबाट मात्रै क्याम्पसले दिगोपन पाउने बताए ।
संचालक समिति उपाध्यक्ष मधुसुदन त्रिपाठीले हेमजामा उच्च शिक्षाका लागि क्याम्पस आवश्यक छ वा छैन भन्ने विषयमा अब हेमजावासीले गहिरो चिन्तन गर्नुपर्ने बेला आएको बताए।
क्याम्पस प्रमुख ओम कुँवरले क्याम्पसको शैक्षिक अवस्थाबारे अवगत गराएका थिए।उनले क्याम्पसका केही सवल पक्ष भए पनि संचालनमा वाषिर्क ६ लाख हाराहारीमा घाटा हुनु, विद्यार्थी संख्या घट्दै जानु, यातायातको सहज प्रबन्ध नहुनु जस्ता पक्ष चुनौतीको रुपमा रहेको जनाए।
उक्त कार्यक्रममा पूर्व सदस्य भानुभक्त शर्मा पौडेल, सदस्य देवकृष्ण पौडेल, सहायक प्राध्यापक राजाराम पोखरेल, समाजसेवी माधवशरण बास्तोला, शिक्षाप्रेमी नेत्रपाणि भण्डारी, संचालक समिति सदस्य चूडामणि तिम्सिना, ज्येष्ठ नागरिक समाज हेमजाका अध्यक्ष नीलकण्ठ पौडेल, विद्यार्थी भीमप्रसाद भण्डारी लगायतले धारणा राखेका थिए।
उनीहरुले क्याम्पसमा विद्यार्थी आकर्षणको विषय पढाउनुपर्ने, वडाले क्याम्पस संचालनमा थप सहयोग गर्नुपर्ने, माछापुच्छे्र र अन्नपूर्ण गाउँपालिकाका सेवाक्षेत्रमा पनि छलफल चलाउनुपर्ने, क्याम्पसको पठनपाठन कार्यलाई विद्यार्थीको आवश्यकतासँग जोड्नुपर्ने, छिमेकी विद्यालयसँग थप समन्वय गर्नुपर्ने, यातायातको सहज प्रबन्ध गराउनुपर्ने, क्याम्पसले प्रचारप्रसारमा पनि जोड दिनुपर्ने लगायतका सुझाव दिए।
क्याम्पस संचालक समिति अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख कुँवरले स्वागत मन्तव्य राखेका थिए भने । सह-प्राध्यापक कृष्णप्रसाद पौडेलले कार्यक्रम औचित्यबारे प्रकाश पार्नुका साथै संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
गौरीशंकरमा रेडक्रस अभिमुखीकरण
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा
पोखरामा खटिए नयाँ नगर प्रहरी
hero news full width
मुख्य समाचार
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०