पोखरा, ५ मंसिर । दुवै मृगौलापीडित डिलबहादुर सार्की (नेपाली) लाई राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीले उपचार सहयोगार्थ ३५ हजार १ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
पोखरा ९, पार्वती टोलस्थित उनको निवासमा पुगी मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङले सो रकम हस्तान्तरण गरेका हुन् ।
निर्माण व्यवसायी नेपालीको दुवै मृगौलाले काम गर्न छोडेपछि हाल फिष्टेल अस्पतालमा हप्ताको २ पटक डाइलासिस गराउँदैआएका छन् ।
डाइलासिस गर्दा हरेक पटक ७ हजार ५ सय रुपैयाँ खर्च लाग्ने बताउँदै नेपालीले मासिक ६० हजार रुपैयाँ खर्च हुने गरेको बताए । डायलाइसिस गराउँदा हालसम्म ४ लाख रुपैयाँ खर्च भैसकेको छ ।
आर्थिक रुपमा कमजोर नेपालीको परिवारमा श्रीमती र एक छोरी रहेका छन् ।
उनलाई सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको पृथ्वीचोक शाखाको खाता ३०२००२३६१०१० मा वा नेपाल बैंक लिमिटेडको पृथ्वीचोक शाखामा रहेको खाता १९२०११००५८२२९९०००००१ मा सहयोग गर्न सक्ने परिवारजनले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९