पटले, रावत, हाडा र जोशी सेमीमा

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७५
tennis_Fotor

पोखरा, ५ मंसिर । भारतका रोहन पटेल पोखरा रंगशालामा जारी ट्रेर्कर्स इन यु-१४ जुनियर एटिएफ टेनिस च्याम्पियनसीप सर्किट-१ को सेमिफाइनल प्रवेश गरेका छन्।

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत बुधबार भएको क्वाटरफाइनलमा पटेलले नेपालका प्रितम परियारमाथि ६-३, ६-४ को नतिजा निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन्।

नेपालका अकि जुवेन रावतले सरोज तामाङलाई ६-१, ६-० को सहज सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए। आरब हाडाले भारतका अचिन्त्या बर्मालाई ६-१, ६-१ ले तथा नेपालकै इभ्याक जोशीले नेपालकै प्रणव मानन्धरलाई प्रतिस्पर्धात्मक खेलमा ४-६, ७-६ र ६-१ ले पराजित गर्दै अन्तिम चारमा नाम लेखाए।

डबल्सतर्फ आरब हाडा र प्रणव मानन्धरको जोडीले फाइनलमा स्थान बनाएका छन्। सो जोडीले भारतका रोहन पटेल र नेपालका निहालजंगबहादुर थापाको जोडीलाई ६-०, ६-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।

भारतका हरिशरण भाष्करन र नेपालका चिराग तिमिल्सीनाको जोडी पनि फाइनल पुगेको छ। यो जोडीले भारतका अचिन्त्या बर्मा र नेपालका श्रीयोग अधिकारीको जोडीलाई ६-२, ६-० को सेटमा पराजित गरेको थियो।

महिला एकलतर्फ सर्भानी श्रेष्ठले आइसा डोल्कर गुरुङलाई ६-१, ६-३ ले, सुभांगि लक्ष्मी शाहले इशा श्री शाहलाई ६-२, ६-३ ले, सलोनी तामाङले नीमिषा ढकाललाई ६-०, ६-१ ले तथा भारतकी मिली छुगले नेपालका इभा अधिकारीलाई ६-०, ६-३ को सोझो सेटमा पराजित गरिन् ।

Related News

सम्बन्धित समाचार

  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…
  • कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा  । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी (पुरुष) विधाको मनोनयनमा क्रिकेटका अर्जुन…
  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…

hero news full width