पोखरामा तमु महोत्सवको तयारी

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७५

पोखरा, ४ मङ्सिर । पुसको दोश्रो हप्ता पोखरामा गुरुङ (तमु) महोत्सव हुने भएको छ । देशभरीका तमुहरु उपस्थित हुने उक्त मेला पाँच दिनसम्म चल्ने छ ।

सामाजिक, साँस्कृतिक, आर्थिक, पर्यटकीय विकासको प्रवर्द्धन गर्न र सबै जातजाति र धर्म संस्कृत्रि्रति सद्भावपूर्ण वातावरण सृजना गर्न तमु जातिको मौलिक धर्म, शास्त्र, संस्कार, संस्कृति (प्ये ताँ ल्हु ताँ) को संरक्षण, सर्ंबर्द्धन तथा प्रवर्द्धन गर्दैे व्यापक प्रचार प्रसार गर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको बताइएको छ ।

वि. सं. २०७० सालको कात्तिक महिनामा संस्थाको स्थापना दिवसको अवसर पारेर ‘थेवा त्हें (महायज्ञ)’ सम्पन्न गरेको थियो ।

समूहमा रमाउने, समूहमै चाड पर्व मनाउने विशेषता रहेको यो जाति यस पटकको ‘बृहत तमु फो ल्होसार महोत्सव २०७५’ मा देशव्यापी रुपमा नै एकै थलोमा बृहत रुपमा रमाउने एउटा माहोल सृजना गर्न तमु प्ये ल्हु संघले तमुको महान चाड ल्होसार मनाउने र यो जातिको मौलिक संस्कार संस्कृतिलाई व्यापक प्रचार प्रसारका लागि कार्यक्रम आयोजना गरेको हो । पाँच दिनसम्मको महोत्सवको अनुमानित खर्च ७० लाख रुपैया रहेको जानकारी दिइएको छ ।

पुस १२ गते देखि १६ गतेसम्म पाँच दिन संचालन हुने सो महोत्सवमा १२ गते झाँकी सहितको र्‍याली विहान ११ बजे, मानव अधिकार चोक, चिप्लेढुंगाबाट निस्केर अमरसिह चौंरको खुल्ला मैदानमा कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय कलाकारहरुबाट मनोरञ्जनात्मक कार्यक्रम गरिने आयोजकले वताएको छ ।

महोत्सवमा प्रवचन, खेलकुद तथा राष्ट्रिय कलाकारहरुबाट मनोरञ्जनात्मक कार्यक्रम, कविता तथा मुक्तक वाचन, दोहोरी गीत प्रस्तुत, डकुमेन्ट्री शो एवं फोटो प्रदर्शनी, रक्तदान, युवाहरुद्धारा नृत्य प्रदर्शन, बोन फायर छ्योप, थासो, रिली पूजा, रुपा लगाउने, पित्रिको नाममा बत्ति बाल्ने र अन्तिम दिन १६ गते सम्मानपत्र वितरण गरिने आयोजकले वताएको छ । तमुहरुको प्येमा उल्लेख गरिएका स्थानहरुको अध्ययन, अनुसन्धान, भ्रमण बाँकी रहेको वताउँदै सन् २००० मा तमु प्ये ल्हु संघको पहलमा क्याम्ब्रिज युनिभर्सिटी यू.के. र नेपाल पुरातात्विक विभाग तथा नेपाल टेलिभिजनको संयुक्त सहकार्यमा पहिलो पटक ऐतिहासिकस्थल क्होला सोंथरको उत्खनन् शुरु गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • सरस्वतीमा दन्त शिविर

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । नेलम्बो नेपालले पोखरा–१२, ढिकालेथरस्थित सरस्वती आधारभूत विद्यालयमा निशुल्क दन्त शिविर गरेको छ । शिविरमा शिक्षक, विद्यार्थी गरी २…
  • जीविका सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा ३ नदीपुरस्थित जीविका बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारण सभा भएको छ । जिल्ला सहकारी…
  • गैराथर सिल्पा सडकको उद्घाटन

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जनताले प्रत्यक्ष अनुभूत हुनेखालको विकास निर्माणको काम गर्न चाहेको बताएका छन् ।…
  • केआइइसी वुनलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । ढिकुरपोखरीमा भएको आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको उपाधि केआइइसी वुन एफसीले चुमेको छ । बुधबार फाइनलमा हेमजा युनाइटेडलाई ट्राइब्रेकरमा…
  • भारतको चेन्नइमा तीज

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । प्रवासी नेपाली संघ भारत तमिलनाडु पाण्डीचेरि संयुक्त राज्य समितिअन्तर्गत प्रगतिशील महिला समितिले तीज अवसरमा चेन्नईका प्रवासी नेपाली महिलाबीच…

hero news full width